मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ बैशाख २७ सोमबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ बैशाख २७ सोमबार ११:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

 हतारोमा अनुचित निर्णयमा नजान नेपाल–खनाल समूहलाई ओलीको सुझाब

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ बैशाख २७ सोमबार ११:१७:oo

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधवकुमार र झलनाथ खनाल समूहलाई हतारोमा अनुचित निर्णय नगर्न सुझाएका छन् ।

केहीबेरअघि ट्विट गर्दै ओलीले आन्तरिक मतभेद वा असन्तुष्टि आपसी छलफलबाट समाधान गर्न सकिने भन्दै उनले हतारोमा अनुचित निर्णयमा जान नहुने बताएका हुन् । १ बजे बस्ने प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठकमा सहभागी भई प्रधानमन्त्रीको पक्षमा मतदान गर्न पनि आग्रह गरेका छन् । 

उनले लेखेका छन्, ‘नेकपा (एमाले) संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दै छ । त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ। यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ। तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौँ, छलफल गरौँ र समाधान गरौँ ।’