१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख २५ शनिबार
  • Sunday, 11 May, 2025
गणेश लम्साल विराटनगर
२o७८ बैशाख २५ शनिबार १२:o३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

९० रुपैया पर्ने एन्टिबायोटिक इन्जेक्सनलाई ८ देखि १५ हजार सम्म बिक्रि 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७८ बैशाख २५ शनिबार १२:o३:oo

दोस्रो चरणको कोरोना संक्रमण तीब्र रुपले फैलिएर सिकिस्त बिरामीको संख्या बढ्न थालेसँगै विराटनगरमा औषधी पसलेहरुले ९० रुपैयाँ पर्ने एन्टिबायोटिक इन्जेक्सनमा नक्कली लेबल टाँसेर सक्कली रेम्डिसिभिर  औषधी भन्दै १५ हजार सम्म लिएर बिक्रि गर्ने गरेको खुलेको छ । 

दोस्रो चरणको कोरोना संक्रमण अवधिमा औषधीको चरम अभाव भएको मौका छोपेर विराटनगर ४ कञ्चनबारी स्थित नोबेल अस्पताल बाहिर साथी फार्मेसी सञ्चालन गर्ने पसलेहरुले ९० रुपैयाँ पर्ने ‘स्टासेफ,नामको एन्टिवायोटिक इन्जेक्सनमा रेम्डिसिभिरको नक्कली लेबल लगाएर सिकिस्त विरामीहरुका लागि ८  देखि १५ हजारसम्म मूल्य लिएर विक्रि गर्दै आएको खुलेको हो । 

भारतमा उत्पादन भएको सक्कली रेम्डिसिभिर  इन्जेक्सन भन्दै कालोबजारीमा महंङगोमा नक्कली औषधी बिक्रि गर्ने गरेको गोप्य सूचना प्राप्त भएपछि मोरङ प्रहरीले विराटनगर ४ नोबेल अस्पताल आगाडि साथी फार्मेसी सञ्चालन गर्दै आएका विराटनगर १० का २६ वर्षीय संचालक सोनु आलम र उनका सहयोगी श्रवण यादवलाई पक्राउ गरेको छ । 

बुधबार प्रहरीले पसलमा छापा  मारेर उनीहरूले भण्डारण गरेको नक्कली रेम्डिसिभिर  इन्जेक्सन पनि प्रहरीले बरामद गरेको छ । कालोबजारीमा सक्रिय विराटनगर निवासी आलम यसअघि विराटनगरकै फार्मेसीमा कामदारको रुपमा काम गर्दथे । काम सिकेपछि केही वर्ष अगाडिदेखि उनले आफै नोबेल मेडिकल कलेज अगाडि साथी फार्मेसी नामको  औषधी पसल सञ्चालन गरेका थिए ।

 आलमले नेपालको विरगन्जमा उत्पादन भएको स्टासेफ इन्जेक्सन चाँही विराटनगरको औषधीको होलसेल पसल गणेश ड्रक्स हाउसदेखि खरिद गर्ने गरेका थिए । खरिद गरेको स्टासेफ इन्जेक्सनमा पटनाबाट अवैध रुपमा ल्याएको रेम्डिसिभिरको नक्कली लेबल टाँसेर बिक्रि गर्ने गरिएको थियो । नक्कली लेबल टाँस गर्ने काम विराटनगर १६ का २३ वर्षीय श्रवण यादवले गर्नै गरेका थिए । प्रहरीका अनुसार यादवले   विराटनगर बसपार्क स्थित रातोभालो होटलको कोठामा बसेर नक्कली लेबल टाँस गर्ने क्रममा पक्राउ परेका थिए । यादव यसअघि लागूऔषध ब्राउन सुगर कारोवारको आरोपमा पनि पक्राउ परेका थिए ।