Skip This
दुई सांसद हराएपछि गण्डकी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १८:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दुई सांसद हराएपछि गण्डकी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:oo:oo

गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावउपर मतदान गर्ने बैठकमा दुईजना सांसद हराएपछि खोज्न भन्दै प्रदेश सभा बैठक स्थगित भएको छ । राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे अनुपस्थित भएका हुन् । दुईमध्ये जनमोर्चाका सांसद शाहीको अवस्था अज्ञात रहेकोले उनको खोजी गर्न र जीवनरक्षा गर्न संसद सचिवालयमा निवेदन पेस भएपछि संसद् बैठक अनिश्चितकालका लागि स्थगित भएको हो । 

राजमोकी सांसद पियारी थापाले आफ्ना अनुपस्थित सांसदको जीवनरक्षा र अवस्था सार्वजनिक नभएसम्म बैठक स्थगित गर्न गरेको मागबमोजिम अवस्था सार्वजनिक नहुँदासम्मका लागि बैठक स्थगित गरिएको सूचना टाँस गरिएको छ । 

जनमोर्चाको केन्द्रले नै अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । तीन सांसद रहेको जनमोर्चाका दुई सांसद पियारी थापा र कृष्ण थापा भने आजको प्रदेश सभा बैठकमा उपस्थित छन् ।

त्यसैगरी स्वतन्त्र सांसद दीपक मनाङेको अवस्था पनि अज्ञात छ । उनले पनि मोबाइल स्विच्ड अफ गरेका छन् ।  नेपाली कांग्रेसका १५, नेकपा (माओवादी केन्द्र)का ११, जसपाका दुई गरी २८ सांसदले वैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । जनमोर्चाले निर्णय गरेपछि यहाँ सरकार ढल्ने स्थिति देखिएको थियो । 

शाहीका स्वकीय सचिव हमालको फेसबुक स्टाटस ‘सांसद शाही बिरामी छन्, आत्तिनुपर्दैन
प्रदेश सभामा अविश्वासको प्रस्तावउपर मतदान हुने वेला अज्ञात रहेका प्रदेश सभा सांसद खिमविक्रम शाहीका स्वकीय सचिव मिलन हमालले फेसबुक स्टाटस लेख्दै सांसद शाही बिरामी परेको र उपचार भइरहेको भन्दै नआत्तिन भनेका छन् ।