१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार २o:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बर्दियामा एक साताका लागि निषेधाज्ञा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार २o:३३:oo

बर्दियामा कोरोना संक्रमणको जोखिम कम गर्न सोमबारदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना हटस्पट बाँके र भारतीय सीमासँग जोडिएको बर्दियामा कोरोना संक्रमणका बिरामी दिनानुदिन बढ्दै गएपछि एक साताका लागि निषेधाज्ञाको घोषणा गरिएको हो । 

 

प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको अध्यक्षतामा आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको डिसिसिएमसीको बैठकले बर्दियामा कोरोनाको जोखिम कम गर्न १३ देखि १९ वैशाखसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । छिमेकी जिल्ला बाँकेमा कोरोनाको संक्रमण दिनानुदिन बढ्दै गएपछि बाँकेको असर बर्दियामा पनि पर्न सक्ने भन्दै निषेधाज्ञा जारी गरिएको सुनारले बताए । 

 

निषेधाज्ञा अवधिभर स्वास्थ्यका मापदण्डको पालना गरी अत्यावश्यक सेवा र विकास निर्माणका कार्यबाहेक सम्पूर्ण सेवा र कार्यमा प्रतिबन्ध लगाइएको छ । बर्दियामा हाल सक्रिय संक्रमितको संख्या दुई सय ७७ पुगेको छ । संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या २५ पुगेको छ । सक्रिय संक्रमितमध्ये २० जना हस्पिटलमा छन् भने बाँकी दुई सय ५७ जना होम आइसोलेसनमा रहेका छन् ।

ad
ad