१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १७:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोभिड– १९ का कारण चलचित्र क्षेत्रले भोगिरहेको समस्याबारे सरकार जानकार छ : परराष्ट्रमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १७:o६:oo

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड– १९ का कारण चलचित्र क्षेत्रले भोगिरहेको समस्याबारे सरकार जानकार रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा ‘नेपाल–अफ्रिका फिल्म फेस्टिभल, २०२१’ को उद्घाटन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले कोभिड– १९ को कारण नेपाली चलचित्र क्षेत्रमा परेको प्रभावबारे सरकारलाई जानकारी रहेको र यस क्षेत्रलाई पुनर्बहाली गर्न सरकारले विभिन्न ढंगले प्रयासहरू पनि गरिरहेको बताए ।

सरकारले नेपाली चलचित्रहरूको अन्तर्राष्ट्रियकरण गर्न विदेशमा नेपाल फिल्म भेस्टिभल आयोजना गर्ने विषयमा छलफल गर्ने बताए । उनले भने, ‘कोभिडले पारेको असर नेपालको फिल्म क्षेत्रले कसरी भोगिरहेको छ भन्नेबारे सरकार जानकार छ । यो क्षेत्रलाई कसरी रिभाइभ गर्न सकिन्छ, फिल्म निर्माता, कलाकार, हल सञ्चालक, प्राविधिकहरू, हजारौँ फिल्म उद्योगमाथि आश्रित हुनुहुन्छ । उहाँहरूलाई परेको कठिनाइका बारेमा सरकारलाई जानकारी छ । त्यसका निम्ति विभिन्न ढंगले हामीले प्रयासहरू पनि गरिरहेका छौँ । नेपाली फिल्महरूको अन्तर्राष्ट्रियकरण गर्ने, फेस्टिभलको माध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्र, मञ्चहरूबाट प्रदर्शित गर्ने विषयमा कसरी अगाडि बढ्न सकिन्छ, नेपाल फिल्म भेस्टिभल कसरी आयोजना गर्न सकिन्छ अन्तर्राष्ट्रिय रूपमा, हामी छलफल गर्नेछौँ ।’

शुक्रबारदेखि काठमाडौंस्थित राष्ट्रिय नाच घरमा नेपाल अफ्रिका फिल्म फेस्टिभल सुरु भएको हो । फेस्टिभल बैशाख १२ गतेसम्म चल्नेछ । नेपाल अफ्रिका फिल्म फेस्टिभलकी निर्देशक मञ्जु मिश्रले ५४ वटा अफ्रिकि देशहरुको प्रतिनिधित्व फिल्म फेस्टिभलमार्फत गर्न खोजिएको बताए ।  फिल्म फेस्टिभलमा नेपाली फिल्महरुपनि प्रदर्शन गरिने उनले बताए । नेपाल र अफ्रिकाबीचको दुरी घटाउँदै अफ्रिकिहरुको जीवनस्तर, सामाजिक परिवेश, संस्कृति र रहनसहन बुझ्नका लागि यस फिल्म भेस्टिभलले सहयोग गर्ने पनि बताए ।