१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:४६:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

विष्णुमती नदी सफाइ अभियान सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:४६:oo

नयाँ वर्ष लागेसँगै विष्णुमती नदी सफाइ अभियान सुरु भएको छ । बुधबार शोभा भगवती मन्दिरबाट बिहान ७ देखि ९ बजेसम्म विष्णुमती नदी सरसफाइ अभियान सुरु भएको हो । 

विष्णुमती खोलावरिपरिको वातावरण स्वच्छ राख्न सरसफाइ अभियान सुरु गरेको सांसद जीवनराम श्रेष्ठले बताए । ‘यो अभियान हरेक महिनाको अन्तिम शनिबार बिहान ७ देखि ९ बजेसम्म नियमित सञ्चालन हुन्छ,’ उनले भने । सरसफाइ अभियानमा प्रदेश सभा सदस्य अष्टलक्ष्मी शाक्य, काठमाडौं महानगरपालिका–१५ का अध्यक्ष ईश्वरमान डंगोल, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, स्थानीय संघसंस्था, बागमती नदी सरसफाइका अभियन्ता लीलामणि पोखरेललगायत स्थानीय जनप्रतिनिधिको उपस्थिति थियो ।

काठमाडौँ उपत्यकाको सभ्यता, संस्कृति र वातावरणको अभिन्न स्रोत विष्णुमती नदीलाई मृतावस्थामा पुग्नबाट बचाउन सफाइ अभियान थालेको श्रेष्ठले बताए । ‘यो अभियान विष्णुमती सभ्यतासँग जोडिएको हरेक नागरिकको अभियान हो । विष्णुमती खोला प्रदूषित भई धार्मिक एवं सांस्कृतिक कार्यमा असर पर्न गएको छ,’ उनले भने । 

विष्णुमती नदीको उद्गमस्थल बुढानीलकण्ठस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार नजिकै छ । विष्णुमतीको उद्गम मानिने विष्णुद्वार विष्णुपादुकादेखि टेकु दोभानसम्म फैलिएको विष्णुमती सभ्यताको आफ्नै महत्व, गरिमा, अस्तित्व र धार्मिक, सांस्कृतिक पौराणिक एवं सांस्कृतिक विशेषता रहेको पाइन्छ । सात वर्षअघि बागमती सफाइ महाअभियान सुरु भए पनि अभियानले बागमती नदीको वरपरको अवस्थामा खासै सुधार आउन नसकेको भन्दै आलोचना भएको थियो ।