१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format १o:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हार्डवेयर पसलमा आगलागी, समयमै दमकल नपुग्दा करोडौँको क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:१८:oo

लमजुङको बेंसीसहर नगरपालिका– ८ दनाई फाँटमा रहेको बेंसीसहर हार्डवेयर पसलमा आगलागी भएको छ । बेंसीसहर १० बाँझखेतका गंगाबहादुर थापाको पसलमा आइतबार बेलुकी साढे १० बजेतिर आगो लागेको प्रहरीले जनाएको छ ।

आगलागीको खबर आउनेबित्तिकै जिल्ला प्रहरी कार्यालय लमजुङका इन्स्पेक्टर ओमप्रकाश पुनको नेतृत्वमा ३५ जनाको टोली र  सशस्त्र प्रहरीका असइ प्रेम भुजेलको नेतृत्वमा १४ जनाको टोली घटनास्थलमा पुगेको थियो ।रातको साढे १० बजे आगलागी भए पनि दमकल भने साढे ११ बजे मात्र घटनास्थलमा पुगेको स्थानीय डोलराज विष्टले बताए । उनले भने, ‘समयमै दमकल पुगेको भए क्षति कम हुने थियो ।’

विष्टका अनुसार समयमै दमकल नपुगेको र घटना भएको एक घन्टा ढिलो गरी पुगेको दमकलमा पानी नहुँदा आगो निभाउन समस्या भएको थियो । स्थानीय, प्रहरी र दमकलको सहयोगमा राति १२ बजे आगो नियन्त्रणमा आएको थियो ।

प्रहरीका अनुसार चारवटा सटरमा रहेका छड, सिमेन्ट, जस्ता, रङ, रङ बनाउने मेसिन, ल्यापटप, नगदलगायत सामग्री जलेका छन् । पसलको पछाडिपट्टि रहेको गोदाममा पनि क्षति पुगेको छ । आगलागी के–कसरी भयो भन्ने यकिन भइनसके पनि विद्युत् ‘सर्ट’ भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

आगलागीबाट पसलका सबै सामान जलेका छन् । आगलागीबाट एक करोड २५ लाख क्षति भएको हार्डवेरका सञ्चालक गंगाबहादुर थापाले बताए । आगो नियन्त्रणमा लिने क्रममा बाराको देउताल गाउँपालिका– ४ का ३५ वर्षीय राजेश्वर पासवान घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । लमजुङका आठवटा स्थानीय तहमध्ये बेंसीसहर नगरपालिकासँग मात्रै अग्नि नियन्त्रणका लागि दमकलको व्यवस्था छ ।