१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format o९:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

डाक्टरद्वारा बिरामी कुरुवामाथि यौन दुर्व्यहार, अस्पतालले गर्‍यो निलम्बन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:३८:oo

सप्तरीको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत डा.राजन जैसवालले बिरामीका आफन्तमाथि यौन दुर्व्यहार गरेको आरोप लागेपछि उनलाई अस्पतालले निलम्बन गरेको छ । पीडितले जिल्ला प्रहरी कार्यालयलयमा उजुरी दिएपछि डाक्टर जैसवाललाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ ।  

अस्पताल प्रशासनले शुक्रबार जारी गरेकाे सूचनामा भनिएको छ,‘डा.जैसवालले एकजना कुरुवा (बिरामीलाई हेरचार गर्ने व्यक्ति)लाई अभद्र व्यवहार गरेको भनी आएको गुनासोका कारण शुक्रबारदेखि नै उनलाई पदबाट निलम्बन गरिएको छ ।’
जयसवालले आफूलाई कार्यकक्षमा बोलाई इच्छाविपरीत संवेदनशील अंगमा छोएको पीडित महिलाले बताएकी छिन् । त्यस क्रममा उनले हल्ला गरेपछि अस्पतालमा भएका बिरामीका कुरुवा मिलेर उनलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् ।

तिलाठी कोइलाडी गाउँपालिकाकी ३२ वर्षीया महिला दुई दिनअघि सुत्केरी भएकी नन्दलाई भेट्न अस्पताल आएकी थिइन् । नन्दकी छोरीको स्वास्थ्य जाँच गराउन डा. जयसवालको कार्यकक्षमा जाँदा यौन दुर्व्यवहार गरेको उनले बताइन् । ‘मसँगै आएका श्रीमान्लाई औषधि लिन बाहिर पठाएर चिकित्सक जयसवालले भित्री बस्त्र खोल्न लगाएर यौन दुर्व्यवहार गरे’ उनले भनिन्, ‘मैले चिच्याएपछि अरू मानिस पनि आए ।’ चिकित्सकले नै आपत्तिजनक व्यवहार गरेको भन्दै बिरामीका आफन्तले अस्पतालमा विरोध प्रदर्शन गरेका थिए ।

आरोपित डाक्टरलाई नियन्त्रणमा लिइएको सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।  प्रहरी प्रमुख धमलाले भने ‘पीडित पक्षले उजुरी दिएको छ, हामी डाक्टरलाई हिरासतमा लिएर अनुसन्धान गर्दै छौँ । विस्तृत  अनुसन्धापछि जानकारी गराउँछौँ ।’