मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रासस बैतडी
२०७७ चैत १२ बिहीबार १५:५६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भागरथी हत्या प्रकरण : अभियुक्तको डिएनए  ‘म्याच’

Read Time : < 1 मिनेट
रासस बैतडी
२०७७ चैत १२ बिहीबार १५:५६:००

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको भजाइनल स्वाबसँग अभियुक्तको डिएनए ‘म्याच’ भएको छ । प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा  अभियुक्त १६ वर्षीय दिनेश भट्टको डिएनए र भागरथीको  भजाइनल स्वाब मिलेको जनाइएको छ । 

दिनेशलाई  पुर्पक्षका लागि बाल सुधारगृह डोटीमा राखिएको  छ । यसअघि दिनेशले सुधारगृहमै रहेका वेला आफ्ना बुबालाई आफूले बलात्कार र हत्या नगरेको जनाएका थिए । उनले गाउँपालिकाकै एक कर्मचारीको नामसमेत किटान गरी तिनले आफूलाई  धम्क्याएर अपराध स्वीकार्न लगाएको बताएका थिए । भागरथीसँग दिनेशको डिएन म्याच भएपछि दिनेश नै उक्त घटनामा संलग्न रहेको प्रमाण बलियो भएको थियो । 

दिनेशले पुर्पक्षका लागि  सुधारगृह नपठाउँदासम्म आफूले नै बलात्कार हत्या गरेको बयान दिएका थिए ।  यसअघि भागरथीको शव जिल्ला अस्पतालमा परीक्षण गर्दा बलात्कारपछि हत्या भएको देखिएको थियो । गत माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा भोलिपल्ट स्थानीय लवलेक जंगलमा बीभत्स र निर्वस्त्र रूपमा शव फेला परेको थियो ।  

त्यसपछि प्रहरीले फागुन ५ गते दिनेशलाई सार्वजनिक गरेको थियो ।  पछि प्रहरीले दिनेशलाई २० दिन हिरासतमा राखेर थप अनुसन्धान गरेको थियो । जिल्ला अदालतले फागुन २५ गते दिनेशलाई पुर्पक्षका लागि सुधारगृह पठाउन आदेश दिएको थियो । सनातन धर्म माविमा कक्षा ११ पढ्ने दिनेश र कक्षा १२ मा पढ्ने भागरथी एकै गाउँका हुन् । नाताले दुवै दिदीभाइ पर्छन् ।