१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १o:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कोरोना प्रभावित कुखुरा व्यवसायीलाई अनुदानमा चल्ला दिइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:४१:oo

लमजुङमा व्यावसायिक कुखुरा पालन गर्दै आएका ७२ जना कृषकलाई अनुदानमा कुखुराको चल्ला वितरण गरिने भएको छ । कोरोना प्रभावित कुखुरा व्यवसायीलाई चल्ला आयात गर्न राहातस्वरूप बढीमा ७५ प्रतिशत अनुदानमा ३५ हजार कुखुराको चल्ला वितरण गरिने भएको हो । जिल्लामा ब्राेइलर कुखुरा चल्ला राहतका लागि ४५ जना र लेयर्स कुखुराको चल्लाको लागी २७ जना कृषक छनाेट भएको भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा. रूपेश श्रेष्ठले बताए । 

श्रेष्ठका अनुसार जिल्लामा २० हजार ब्राेइलर कुखुराको चल्ला र १५ हजार लेयर्स कुखुराको चल्ला वितरण गरिनेछ । तर, कार्यालयमा भने ३२ हजार ६ सय ५० कुखुराको चल्लाका लागि मात्रै निवेदन परेको र अब बाँकी चल्लाका लागि फेरि सूचना प्रकाशन गरिने कार्यालय प्रमुख श्रेष्ठले बताए । 

कार्यालयबाट छनाेट भएका ७२ जना कृषकमध्ये एकजनालाई एक सय चल्ला, पाँचजनालाई दुई सय ५० चल्ला, आठजनालाई तीन सय ५० र अन्य बाँकीलाई पाँच सयका दरले चल्ला राहत उपलब्ध गराउने भएको छ । कृषकलाई कार्यालयले तोकेको मूल्यबराबरको रकम उपलब्ध गराउने र कुखुराको चल्ला कृषक आफैँले खरिद गर्नुपर्ने हुन्छ ।

चल्ला वितरणका लागि निर्धारित कार्यविधिअनुसार कम्तीमा दुई वर्ष पहिलेदेखि सम्बन्धित निकायमा दर्ता भई व्यावसायिक कुखुरा पालन गरेको हुनुपर्छ । कृषकबाट प्राप्त निवेदनका आधारमा कार्यविधिअनुसार चल्ला वितरण गरिने कार्यालयले जनाएको छ ।

कुखुरापालक कृषकहरूलाई ब्रोइलर र लेयर्स कुखुराको चल्लामा विशेष अनुदानका लागि २३ लाख २५ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो कार्यालय प्रमुख श्रेष्ठका अनुसार गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्षमा व्यावसायिक कुखुरापालन गर्दै आएका कृषकहरूको निम्ति कुखुरा चल्ला विशेष राहात प्याकेज ल्याएको हो ।

ad
ad