Skip This
आयोजक पिवाइसीलाई उपाधि
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २९ शनिबार २२:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

आयोजक पिवाइसीलाई उपाधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार २२:५९:oo

आयोजक एवं साविक विजेता पब्लिक युथ कलेज (पिवाइसी)ले इन्टर कलेज टियु बिबिए क्रिकेट प्रतियोगिताको उपाधि रक्षा गरेको छ । 

शुक्रबार भएको फाइनल खेलमा कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फर्मेसन टेक्नोलोजी (केसिएमआइटी)लाई नौ विकेटले पराजित गर्दै पिवाइसीले उपाधि निश्चित गरेको हो । मूलपानीको तल्लो मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केसिएमआइटीले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय १० रनको योगफल तय गरेको थियो । 

जवाफी ब्याटिङमा आएको पिवाइसीले १३.१ ओभरमा मात्रै एक विकेट गुमाएर लक्ष्य पार गरेको हो । पिवाइसीलाई उपाधि दिलाउन इर्साद अलीले अविजित ४९ र रञ्जन प्रसाईंले ३१ रनको योगदान दिए । सन्देश रेग्मीले २१ रन जोडे । इर्सादले पहिलो विकेटका लागि सन्देशसँग ६१ र दोस्रो विकेटका लागि रञ्जनसँग अविजित ५१ रनको साझेदारी गरेका थिए । 

केसिएमआइटीका लागि अमित मारवैताले ३७, अमृत कार्कीले ३२ र अमित मण्डलले अविजित २१ रनको योगदान दिए पनि जित सम्भव भएन । पिवाइसीका सन्देश, नरेश थापा, दिवस भट्टराईले एक–एक विकेट लिए ।

पिवाइसीका सुशान्तसिंह दनुवार प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी चुनिए । उनले प्रतियोगिता अवधिभर एक सय ७४ रन जोड्नुका साथै दुई विकेट लिएका थिए । यस्तै, प्रतियोगितामा ११ विकेट लिएका सन्देश रेग्मी उत्कृष्ट बलर घोषित भए ।

ad
ad