मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ चैत ३१ मंगलबार
  • Tuesday, 13 April, 2021
नयाँ पत्रिका
२०७७ फाल्गुण २४ सोमबार १०:००:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

दायाँ र बायाँ छुट्याउन नसक्ने समस्या छ ? डिस्लेक्सिया भएको हुन सक्छ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७७ फाल्गुण २४ सोमबार १०:००:००

हामी दैनिक रूपमा अरूले गरेको भन्दा राम्रो गर्ने सोचाइका साथ अगाडि बढिरहेका हुन्छौँ । यो क्रममा कहिलेकाहीँ सोचेको जस्तो नहुन पनि सक्छ । जसले समाजको अगाडि लज्जित पनि बनाउन सक्छ । नचाहँदा–नचाहँदै हुने गल्तीलाई विज्ञानको भाषामा डिस्लेक्सिया भनिन्छ ।

डिस्लेक्सिया भनेको उपयुक्त सयममा उपयुक्त कामलाई व्यवस्थापन गर्न नसक्नु हो । यो एक प्रकारको स्वास्थ्य समस्या हो । अथवा यो एक प्रकारको शारीरिक विकार हो । जसले दैनिक कार्य प्रभावित बनाउँछ । हामीले यो बुझ्नु आवश्यक छ कि डिस्लेक्सिया हुनुको अर्थ ‘मूर्ख’ हुनु होइन । यस्तो समस्या भएका व्यक्तिले विश्वमा धेरै नै नाम कमाएका पनि छन् । जस्तो जिम क्यारी, जय लेनो, हेनरी फोर्ड, स्टेभन स्पिएल्वर्ग, जोन लेनोन, थोमस एडिसन तथा अल्बर्ट आइन्स्टाइनजस्ता व्यक्तिमा समेत यो समस्या थियो । हेराैँ कुन–कुन अवस्थामा डिस्लेक्सिया हुन्छ । 

१. हिज्जेमा समस्या
डिस्लेक्सिया भएका व्यक्तिले राम्रोसँग पढ्न र लेख्न सक्दैनन् । ती शब्दहरूको अर्डर कसरी मिलाइन्छ भनेर उनीहरू ठम्याउन सक्दैनन् । शब्द छनोटमा मात्र होइन, स्मरण शक्तिमा पनि यसले असर गर्छ । डिस्लेक्सिया भएका व्यक्तिले आफ्नो टेलिफोन नम्बरसमेत दिमागमा राख्न सक्दैनन् । 

२. दायाँ र बायाँ छुट्याउन नसक्ने
हेर्दा एकदम सरल लाग्छ । डिस्लेक्सियाले सहज अवस्थालाई समेत कठिन बनाउँछ । केही विषय सम्झन प्रयास गरिरहँदा सही रूपमा कसरी मिलाउने भन्नेमा समेत अलमल हुन्छ । यो समस्याले यतिसम्म झुक्याउँछ कि दायाँ वा बायाँ कुन हो भन्नेसमेत छुट्याउन मुस्किल पार्छ । जसका कारण लज्जित हुनुपर्ने हुन सक्छ । तर, यसले दिमाग कमजोर भएको भन्ने बुझाउँदैन । उनीहरूको मस्तिष्क सामान्य व्यक्तिझैँ सक्रिय हुन्छ । 

३. क्रम मिलाउन नसक्नु
डिस्लेक्सियाले सम्झना शक्ति मात्र होइन, यसले कुन वस्तु कहाँ र कसरी राख्ने भनेर पहिचान गर्नसमेत गाह्रो पार्छ । जस्तो घर वा कार्यालयमा रहेका व्यक्तिगत सामग्री कसरी यथास्थानमा राख्ने, आवश्यक परेका वेलामा सहज रूपमा कसरी निकाल्ने भन्ने निर्णय लिनसमेत मुस्किल पार्छ । आफ्ना बालबच्चालाई कुन समयमा पढाउने, खेलाउने र खुवाउने टाइमिङसमेत उनीहरूले मिलाउन सक्दैनन् । यस्तो समस्या भएका व्यक्तिले जीवनमा धेरै चुनौती सामना गर्नुपर्ने हुन्छ । 

४. अध्ययनमा समस्या
हामी सबैलाई थाहा छ । पढ्दा क्रमबद्ध रूपमै पढनुपर्छ । यो भर्खर स्कुल गएका बालकदेखि माथिल्लो तहका विद्यार्थीलाइ समेत थाहा भएकै कुरा हो । तर, डिस्लेक्सियाका कारण पढ्नमा समस्या हुन्छ । उनीहरू सामान्यभन्दा सामान्य पुस्तक पढ्दा पनि अति नै ढिलो गरी पढ्छन् । 

५. निर्देशनविना काम गर्न नसक्नु 
यो समस्या भएका बालकालिकामा छरिएका खेलौना एकै स्थानमा जम्मा पार्न गाह्रो हुन्छ । उनीहरूले सही निर्देशन र मार्गदर्शनविना ती खेलौना यथावत् स्थानमा राख्न सक्दैनन् । साधारण खेलौना राख्ने स्थानसमेत बिर्सन सक्छन् । 

६. पटक–पटक दोहोर्‍याउनु
डिस्लेक्सियाको एउटा समस्या भनेको पटक–पटक एउटै शब्द दोहो¥याउनु हो । भर्खर भनेको कुरा पनि एकछिनपछि सोध्ने गर्छन् । 

७. दिन बिर्सनु
डिस्लेक्सिया भएका व्यक्तिले कहिलेकाहीँ ठूलो मूल्य चुकाउनुपर्छ । मिटिङ, सेमिनार तथा अप्वाइन्टमेन्टको दिन सम्झन नसक्दा उनीहरू पछि पछुताउनु परेको छ । कसैसँग बैठकको समय निर्धारण गर्दा उक्त समय बिर्सँदा त्यस्ता व्यक्तिले आर्थिक रूपमा घाटा व्यहोरेका उदाहरण छन् । उनीहरू गलत दिनमा बैठकमा सहभागी हुन्छ । 

८. फाराममा के लेख्ने
कार्यालयमा विभिन्न प्रयोजनका निमित्त फाराम भर्नुपर्ने हुन्छ । त्यस्ता फाराममा धेरै बुँदागत नम्बर हुन्छन् । यस्तोमा डिस्लेक्सिया भएका व्यक्तिहरू कुन बुँदामा के भर्ने भनी द्विविधामा पर्छन् । जस्तो– जागिरको आवेदन वा बिमा फाराम लेख्दा अनपेक्षित रूपमा गल्ती गर्छन् । 
 एजेन्सीको सहयोगमा