मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज १ बुधबार
  • Wednesday, 17 September, 2025
२o८२ असोज १ बुधबार २o:o८:oo
Read Time : < 1 मिनेट
समाचार

जेन–जी आन्दोलनमा त्रियुगा नगरपालिका पूर्वमेयर चौधरीको घरमा आगजनी–लुटपाट हुँदा करिब दुई करोडको क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असोज १ बुधबार २o:o८:oo

त्रियुगा नगरपालिकाका पूर्वमेयर बलदेव चौधरीको घरमा जेन–जी आन्दोलनको क्रमा आगजनी र लुटपाट हुँदा करिब दुई करोडको क्षति भएको छ । चौधरीको त्रियुगा नगरपालिका –११ पुरानो गाईघाटको घरमा आन्दोलनका क्रममा अज्ञात समूहले आगजनी र लुटपाट गरेका थिए । 

नेकपा एसका केन्द्रीय सचिवसमेत रहेका चौधरीको घरमा २४ भदौमा जेन–जी आन्दोलनका क्रममा अज्ञात समूहले आगजनी र लुटपाट गरेका थिए । उनले बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै घटनाको छानबिनको माग गरेका छन् ।

चौधरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ– मेरो घरमा भएको आगजनी र व्यक्तिगत सम्पत्ति लुटपाटमा करिब एक करोड ९७ लाख रुपैयाँ बराबरको क्षति हुन पुगेको छ । स्व.  मातापितार स्व. छोरा डा. मनोज चौधरीको तस्बिरसमेत जलाइएको छ । मेरो व्यक्तिगत भावनामा ठूलो ठेस लागेको छ ।

चौधरीले नेपाल सरकारसँग घटना छानबिन गरी आगजनी र लुटपाटमा संलग्न सबैलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका छन् । साथै, उदयपुर जिल्ला पार्टी कार्यालयमा समेत तोडफोड र महत्वपूर्ण दस्तावेज नष्ट गरिएको भन्दै पार्टीका नेता तथा कार्यकर्तालाई सचेत रहन अनुरोध गरेका छन् ।