मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ फाल्गुण २२ शनिबार ०९:२७:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस र आर्मीको विजयी सुरुवात

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण २२ शनिबार ०९:२७:००

सातौँ संस्करणको अन्तर्राष्ट्रिय प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । नेपालगन्ज रंगशालामा सुरु भएको पहिलो खेलमा होंगान्जी न्यु डायमन्ड क्लबलाई ३–२ अंकले पछार्दै विजयी सुरुवात गरेको हो । 

‘महिला सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ २१–२५ फागुनसम्म नेपालगन्ज रंगशालामा सुरु प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस क्लबले न्यु डायमन्डलाई २५–१९, २५–१९ र १५–८ को सेट जित्दा न्यु डायमन्डले दोस्रो तथा चौथो सेटमा क्रमशः २८–२६ र २५–१७ ले जितेको थियो ।

रोमाञ्चक बनेको दोस्रो सेटमा कप्तान ललिता नाथले अन्तिम समयमा लगातार दुई अंक जोड्दै न्यु डायमन्डलाई २८–२६ को जित दिलाइन् । चौथो सेट न्यु डायमन्डले २५–१७ ले सहजै जित्दै अग्रता लिएको थियो । निर्णायक पाँचौँ सेट पुलिसले १५–८ ले जित निकाल्न सफल भयो ।

शुक्रबार भएको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले घरेलु टोली लुम्बिनी युनाइटेडलाई सोझो सेटमा पराजित गरेको छ । आर्मीले घरेलु टोली लुम्बिनीलाई २०–८, २५–८ र २५–७ ले पराजित गरेको बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले जानकारी दिए । शुक्रबार भएको पहिलो दिनको खेलमा प्रहरीकी कोपिला राना र आर्मीकी सोफिया सोफिया पुनः ओमन अफ द म्याच घोषणा भइन् । 

प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, होंगान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब र घरेलु टोली लुम्बिनी युनाइटेडले सहभागिता जनाएका छन् । २१–२५ फागुनसम्म सञ्चालन हुने प्रतियोगितामा विजेताले ट्रफीसहित पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै, दोस्रो हुनेले दुई लाख, तेस्रोलाई एक लाख र चौथो हुने टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।