मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारका प्रवक्ता भन्छन्– विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउनु सरकारको ठूलो सफलता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:२७:oo

सरकारका प्रवक्ता एव‌ं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेकपा कम्युनिस्ट पार्टी (विप्लव) समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याएर सरकारले ठूलो राजनीतिक सफलता हात पारेको बताएका छन् । मन्त्री गुरुङले हिंसात्मक गतिविधिमा संलग्न विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने सहमति गरेसँगै नेपाललाई शान्तिपूर्ण र समृद्ध देश बनाउने अभियानले तीव्रता पाउने जिकिर गरे । 

‘विप्लव समूहलाई हिंसा छोडेर शान्तिपूर्ण राजनीतिमा ल्याएसँगै मुलुकलाई समृद्ध बनाउने सम्माननीय प्रधानमन्त्री केपी ओलीको संकल्प पूरा गर्ने काममा तीव्रता आउनेछ,’ नेपाल दूरसञ्चार प्राधिकरणको २३औँ वार्षिकोत्सवमा बिहीबार आयोजित कार्यक्रममा गुरुङले भने, ‘अब मुलुक पूर्ण रूपमा लगानीमैत्री हुनेछ, समृद्ध नेपाल सुुखी नेपालीको राष्ट्रिय संकल्प पूरा गर्ने अभियानले सार्थकता पाउनेछ ।’

मन्त्री गुरुङले दूरसञ्चार क्षेत्रको विकासका लागि पूर्वाधार कम्पनी निर्माणको कामलाई तत्काल अघि बढाउन प्राधिकरणलाई आग्रह पनि गरे ।