१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format १८:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देउवानिकट एनपी साउद भन्छन्– निर्वाचनमा जान तयार हुने शक्तिसँग कांग्रेसको सहकार्य 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:२६:oo

कांग्रेस नेता एनपी साउदले मुलुकलाई अस्थिरताको बाटोमा जान नदिन प्रतिनिधिसभा निर्वाचन आवश्यक रहेको बताएका छन् । धनगढीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले एक वर्षभित्र चुनाव गर्नुपर्ने धारणा राखे । नेकपाका दुई शक्तिमध्ये निर्वाचनमा जान तयार हुने शक्तिसँग कांग्रेसले सहकार्य गर्ने उनले बताए । 

‘मुलुक अस्थिरताको बाटोमा लागिराख्या छ । यो अस्थिरताको बाटोबाट मुलुकलाई बाहिर निकाल्न पनि एक वर्षभित्रै या एक वर्षमा ‘अर्ली इलेक्सन’ गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘जुन शक्ति निर्वाचनका लागि तयार हुन्छ, निर्वाचनमा सँगसँगै जान तयार हुन्छ, सोहीसँग हाम्रो सहकार्य हुन्छ ।’

सरकार जोगाउने र गठन गर्ने विषयमा नेकपाका दुवै शक्तिले कांग्रेसको साथ खोजिरहेका वेला देउवानिकट नेता साउदले निर्वाचनमा जानुपर्ने धारणा राखेका हुन् । उनले कांग्रेस तत्काल सरकारमा नजाने पनि बताए । सरकारको नेतृत्व गर्ने विषयलाई कांग्रेसले अहिले त्यति महत्व नदिएको उनको भनाइ छ । 

नेकपाको विवाद टुंगोमा नपुगेसम्म सरकारका सम्बन्धमा कांग्रेसको कुनै भूमिका नरहने उनको भनाइ छ । दुवै पक्षबाट कांग्रेसलाई प्रधानमन्त्रीको प्रस्ताव आए पनि नेकपाभित्रको घरझगडा स्पष्ट रूपमा किनारा नलागेसम्म कांग्रेस एकसँग नजिक र अर्कोसँग टाढा हुने काम नगर्ने तथा सत्तासाझेदारी पनि नहुने बताए ।