मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ फाल्गुण १४ शुक्रबार १८:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केपी ओली र वामदेव गौतमसँग एकता हुन सक्दैन : रामकुमारी झाँक्री

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण १४ शुक्रबार १८:४८:००

नेकपा प्रचण्ड–माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले केपी ओली र वामदेव गौतमसँग एकता हुन नसक्ने बताएकी छिन् । नेकपा जैमिनी नगरपालिका कमिटी बाग्लुङले शुक्रबार आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै झाँक्रीले संसद् विघटन गरेर पार्टी एकतालाई छिन्नभिन्न पार्ने ओली र रमिता हेर्ने गौतमसँग अवको सहकार्य नहुने बताइन् । 

झाँक्रीले ओली र गौतमबाहेक अन्य जोकोहीसँग पार्टी एकता र सहकार्य हुने बताइन् । उनले ओलीलाई नेकपाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको हुँदा पार्टीभित्र उनको कुनै औचित्य नरहेको बताइन् ।

उनले सर्वोच्च अदालतले संसद् पुनर्स्थापनाको निर्णय गरेर नेपाली जनताको हितमा काम गरेको बताइन । ‘अदालत जनताको पक्षमा उभिएको छ,’ झाँक्रीले भनिन्, ‘संविधानको मर्मविपरीत ओलीको संसद् भंग गरे, न्यायालयले यसको पुनर्स्थापनाको फैसला गरेको छ । न्यायालयप्रति नेपाली जनताको विश्वास झनै बढेको छ । प्रधानमन्त्री ओलीलाई भने कुर्सीको मोहले छाडेको छैन । यदि ओलीमा कुनै नैतिकता छ भने तुरुन्त राजीनामा दिनुपर्छ ।’ 

उनले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको प्रवृत्तिविरुद्ध निरन्तर आन्दोलन गर्ने उनले बताइन् । उनले भनिन्, ‘हामी संस्थाको विरोधमा छैनौँ । व्यक्ति प्रवृत्तिको विरोधमा हौँ । ओली र भण्डारी दुवैको प्रवृत्ति  जनमतविरुद्ध भयो । उहाँहरू दुवैमा नैतिकता छ भने तुरुन्त राजीनामा दिनुपर्छ ।’ उनले अबको सरकार पनि नेकपाकै हुने बताइन् ।