१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण १२ बुधबार
  • Friday, 09 May, 2025
विजयराज खनाल काठमाडौं
२o७७ फाल्गुण १२ बुधबार १३:o१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

निफ्राको सेयर ‘शून्य’ देखिएपछि नेप्सेमा कृत्रिम गिरावट

Read Time : < 1 मिनेट
विजयराज खनाल, काठमाडौं
नयाँ पत्रिका
२o७७ फाल्गुण १२ बुधबार १३:o१:oo

नेप्सेको प्रणालीमा गडबडी भएर नेपाल पूर्वाधार बैंकको सेयर मूल्य शून्य देखिएपछि नेप्से गणनामा यसको भार घट्दा बजार एक्कासि ८७ अंकसम्म घटेको देखियो । 

मंगलबार एकै दिन १० प्रतिशतले सेयर मूल्य घटेको निफ्राको बुधबार प्राविधिक गडबडीको कारण एकैपटक शून्य पुगेको देखिएपछि समस्या आएको हो । नियमतः कुनै पनि कम्पनीको मूल्य एक दिनमा १० प्रतिशतसम्म मात्रै घटबढ हुन सक्ने व्यवस्था छ । 

‘निफ्राको सेयर कारोबारलाई तत्काललाई अलग्याइने काम भइरहेको हामीले जानकारी पाएका छौँ,’ सेयर ब्रोकर भरत रानाभाटले भने, ‘समग्रमा भने बजार अहिले २०–२५ अंकले बढिसकेको भए पनि प्राविधिक गडबडीले नेप्से घटेको देखिएको हो ।’

बजारमा सर्वाधिक बजार पुँजीकरण हुने १० कम्पनीभित्र निफ्रा पर्न थालेको थियो । केही दिनअघि कम्पनीको कुल बजार पुँजीकरण एक खर्ब नाघेको थियो ।लगानीकर्ताहरूले भने निफ्राकोमा मात्रै नभई समग्र कारोबार प्रणाली र बेबसाइटमा समेत समस्या देखिइरहेको बताएका छन् ।  ‘लगानीकर्ताहरूलाई प्यानिक बनाइने गरी गडबडी भएको छ,’ नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले भने, ‘हामी सबै लगानीकर्ता संगठन मिलेर विज्ञप्ति जारी गर्ने तयारीमा छौँ ।’ 

नेप्सेको वेबसाइटमा मात्रै नभई र कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा पनि देखिइरहेको छ । ३५ खर्बको बजारमा प्रणालीलाई लिएर सम्बन्धित निकाय संवेदनशील नबन्दा लगानीकर्ताहरू प्यानिक हुने अवस्था आएको भन्दै लगानीकर्ताहरूले आक्रोश व्यक्त गरिरहेका छन् ।