१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २५ मंगलबार o८:o५:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

जीवन बिमा कम्पनीको बिमाशुल्क आर्जन ३७ प्रतिशत वृद्धि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o८:o५:oo

चालू आर्थिक वर्ष ०७७/७८ को दोस्रो त्रैमासिकमा जीवन बिमा कम्पनीहरूको बिमाशुल्क संकलन ३७ प्रतिशतले बढेको छ । १९ कम्पनीहरूले प्रकाशित गरेको वित्तीय विवरणअनुसार कम्पनीहरूले यो अवधिमा ५६ अर्ब ६९ करोड बिमाशुल्क संकलन गरेका छन् । गत आवको यही अवधिमा कम्पनीहरूले ४१ अर्ब ३७ करोड संकलन गरेका थिए । कम्पनीहरूको संख्या थपिएसँगै बजारमा प्रतिस्पर्धा बढेपछि नयाँ कम्पनीहरू आक्रामक देखिएका छन् ।  

चालू आवको पुस मसान्तसम्ममा सानिमा लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सको बिमाशुल्क संकलन दुई गुणा बढेको छ । समीक्षा अवधिमा सानिमा लाइफ इन्स्योरेन्सले ९५ करोड ६३ लाख बिमाशुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ४० करोड ७३ लाख आर्जन गरेको थियो । 

त्यस्तै, गुराँस लाइफ इन्स्योरेन्सले चालू आवको ६ महिनामा २ अर्ब ११ करोड संकलन गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा दुई गुणा बढी हो । सो अवधिमा कम्पनीले ९५ करोड ७७ लाख बिमाशुल्क संकलन गरेको थियो । आइएमई लाइफ इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले पनि दोब्बर बिमाशुल्क संकलन गर्न सफल भएका छन् । 

आइएमई लाइफ इन्स्योरेन्सले ६ महिनामा १ अर्ब २० करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ९८ दशमलव ५१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ६० करोड ८५ लाख संकलन गरेको थियो । प्रभु लाइफ इन्स्योरेन्सले भने चालू आवको समीक्षा अवधिमा ६० करोड ९९ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ९५ प्रतिशतले बढी हो । 

ज्योति लाइफ इन्स्योरेन्सले १ अर्ब ३९ करोड रुपैयाँबराबरको बिमाशुल्क आर्जन गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ९२ दशमलव ५३ प्रतिशतले बढी हो । रिलायन्स लाइफ इन्स्योरेन्स पनि समीक्षा अवधिमा १ अर्ब १० करोड रुपैयाँ बिमाशुल्क संकलन गरेको छ । यो रकम गत आवको तुलनामा ९२ प्रतिशतले बढी हो । 

चालू आवको ६ महिनामा नेपाल लाइफ इन्स्योरेन्सले १७ अर्ब ८ करोड संकलन गरेको छ । नेपालमा सञ्चालित जीवन बिमा कम्पनीहरूमध्ये नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बिमाशुल्क संकलन गरेको हो । कम्पनीले गत आवको तुलनामा २२ दशमलव ८४ प्रशितले बिमाशुल्क बढी आम्दानी गरेको हो । गत आवको सोही अवधिमा कम्पनीले १३ अर्ब ९१ करोड रुपैयाँ बिमाशुल्क आम्दानी गरेको थियो । 

त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेसनले ९ अर्ब  ५६ करोड रुपैयाँ बिमाशुल्क संकलन गरेको छ । यो रकम गत आवको तुलनामा २४ दशमलव ९२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ७ अर्ब ६५ करोड रुपैयाँ बिमाशुल्क संकलन गरेको थियो । नेसनल लाइफ इन्स्योरेन्सले भने ५ अर्ब ४८ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ । यो रकम गत आवको तुलनामा ४१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ३ अर्ब ८८ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेको थियो । 

चालू आवको दोस्रो त्रैमास अवधिसम्ममा जीवन बिमा कम्पनीहरूको २ अर्ब ९४ करोड रुपैयाँ दाबी भुक्तानी गरेका छैनन् । ११ वटा कम्पनीले सो रकमबराबरको दाबी भुक्तानी नगरेका हुन् । कम्पनीहरूले प्रकाशन गरेको वित्तीय विवरणअनुसार नेपाल लाइफ इन्स्योेरेन्स कम्पनीमा परेको दाबीमध्ये १ अर्ब २९ करोड रुपैयाँ भक्तानी हुन बाँकी छ । नेपाल लाइफ कर्पोरेसनको २२ करोड ६१ लाख, नेसनल लाइफको ४० करोड ७१ लाख, मेट लाइफको ७२ करोड ९९ लाख दाबी भुक्तानी हुन बाँकी छ ।

 

ad
ad