१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भारतका मुख्यमन्त्रीको अभिव्यक्तिप्रति प्रचण्ड–नेपाल समूहको आपत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:५५:oo

नेकपाको प्रचण्ड–नेपाल समूहले नेपालमा भारतीय जनता पार्टीको संगठन विस्तार गर्ने र सरकार बनाउने भारतका त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवको अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार विज्ञप्ति प्रकाशित गर्दै मुख्यमन्त्री देवको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका हुन् । 

तत्कालीन गृहमन्त्री तथा भाजपा अध्यक्ष अमित शाहलाई उद्धृत गर्दै देवले त्यस्तो अभिव्यक्ति बाहिर ल्याएपछि प्रचण्ड–नेपाल समूहले विज्ञप्तिमार्फत शाहलाई समेत त्यस्तो अभिव्यक्तिबारे स्पष्ट पार्न माग गरेको छ ।

‘सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट त्रिपुरा राज्य सरकारको नेतृत्व गरिरहनुभएका विप्लव देवले उहाँहरूसँगको छफलमा तत्कालीन भारतीय जनता पार्टीका अध्यक्ष एवं भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले नेपाललगायतका देशहरूमा पनि भारतीय जनता पार्टीको संगठन विस्तार गर्ने र सरकार बनाउने धारणा राख्नुभएको अभिव्यक्ति दिनुभएको थियो । हाम्रो पार्टी विप्लव देवको यसप्रकारको अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गर्दै कडा विरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यसप्रकारको अत्यन्त संवेदनशील विषयमा गरिएको अभिव्यक्तिले हाम्रा दुई छिमेकी मित्रराष्ट्रहरूबीचको सम्बन्धमा भ्रम छर्ने र नकारात्मक असर पुर्याउने भएकाले भारत सरकार र अमित शाहबाट समेत स्थिति स्पष्ट पारिने अपेक्षा पनि गर्दछ ।’