१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १o:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बन्द खुलामञ्च खुलाउन डोजर चल्यो (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १o:४७:oo

काठमाडौं महानगरपालिकाले खुलामञ्चलाई खुला गर्ने अभियान थालेको छ ।   दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुनर्निर्माण कार्य सम्पन्न चरणमा पुगेको भन्दै ती संरचना पुनर्निर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाउन थालेको छ ।  

‘राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुल र वीर अस्पतालको पुनर्निर्माणको क्रममा त्यहाँ प्रयोग हुने निर्माण सामग्रीहरू र त्यहाँ काम गर्ने केही कामदारलाई राख्नका लागि उहाँहरूको आग्रहमै हामीले त्यहाँ सहमति दिएका थियौँ,’ काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘वीर अस्पताल र दरबार हाइस्कुलको पुनर्निर्माण सम्पन्न चरणमा पुगेपछि हामीले आजबाट उहाँहरूलाई पनि जानकारी दिएर खुलामञ्चलाई खुला गर्ने अभियान थालेका हौँ ।’ 

काठमाडौं महानगरपालिका सार्वजनिक जग्गाको संरक्षण अभियानमा लागिपरेको मेयर शाक्यले बताए । उनले भने, ‘खुलामञ्च मात्रै होइन, महानगरपालिका क्षेत्रभित्रका अतिक्रमित सार्वजनिक जग्गालाई महानगरपालिकाले खोजी गरी पार्क बनाउने, खुला राख्नेजस्ता अभियान चलाएको छ । त्यस्तो कतै जानकारी छ भने हामीलाई भन्नुहोला ।’ 

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले मेयर शाक्यको निर्देशनअनुसार खुला गर्ने अभियान थालेको बताए । 

ad
ad