Skip This
अस्ट्रेलियन ओपन : नाडाल क्वार्टरफाइनलमा प्रवेश 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण ३ सोमबार
  • Saturday, 27 July, 2024
रासस/एएफपी मेलबोर्न
२o७७ फाल्गुण ३ सोमबार १४:१८:oo
Read Time : < 1 मिनेट
खेलकुद

अस्ट्रेलियन ओपन : नाडाल क्वार्टरफाइनलमा प्रवेश 

Read Time : < 1 मिनेट
रासस/एएफपी मेलबोर्न
नयाँ पत्रिका मेलबोर्न
२o७७ फाल्गुण ३ सोमबार १४:१८:oo

विश्व वरीयतामा दोस्रो स्थानमा रहेका स्पेनिस खेलाडी राफेल नाडाल अस्ट्रेलियन ओपन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।  सोमबार रड लाभार अरेनामा भएको खेलमा उनले इटालीका फाबियो फगनिनीलाई ६–३, ६–४ र ६–२ को सोझो सेटमा पराजित गरेका हुन् ।

नाडालले सन् २००९ यता अस्ट्रेलियन ओपन जित्न सकेका छैनन् । तर, उनी अन्तिम आठमा पुगेको यो १३औँ पटक हो । यसअघि रोजर फेडरर १५ पटक र जोन न्युकम्ब १४ पटक अस्ट्रेलियन ओपनको अन्तिम आठमा पुगेका थिए ।

यो नतिजासँगै उनी फाइनलमा पहिलो वरीयतामा रहेका सर्बियाली खेलाडी नोभाक जोकोभिकसँग भेट हुने सम्भावना बढ्दै गएको छ । आइतबार साँझ भएको खेलमा पेटको दुखाइसँग जुधिरहेका जोकोभिकले मिलोस राओनिकलाई संघर्षपूर्ण खेलमा पराजित गरेका थिए । 

महिला एकलतर्फ भने नाओमी ओशाका, सेरेना विलियम्स, सिमोना हालेप, एचसिया सुवेए, जेनिफर ब्राडी र जेस्सिका पेगुलाले आ–आफ्ना खेल जितेका छन् ।

क्वार्टरफाइनलमा मंगलबार जेनिफर ब्राडी र जेस्सिका पेगुला, सेरेना विलियम्स र सिमोना हालेप तथा नाओमी ओशाका र एचसिया सुवेएबीच खेल हुँदै छ ।