१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
एजेन्सी बेइजिङ
२o८१ बैशाख ३१ सोमबार २२:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व

चीनद्धारा कोभिडसम्बन्धी सूचना दिन अस्वीकार

Read Time : > 1 मिनेट
एजेन्सी बेइजिङ
नयाँ पत्रिका बेइजिङ
२o८१ बैशाख ३१ सोमबार २२:१७:oo

 विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को अनुसन्धान टोलीलाई चिनियाँ अधिकारीहरूले कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी आफूहरूसँग भएको सूचना दिन अस्वीकार गरेका छन् । कोभिड भाइरस उत्पत्तिसम्बन्धी अनुसन्धान गर्न चीनको वुहान पुगेको डब्लुएचओको अनुसन्धान टोलीले तीन सातासम्म सूक्ष्म अध्ययन गरेको दाबी गरे पनि चिनियाँ अधिकारीहरूले डब्लुएचओले प्राप्त गरेको सूचीमा आधिकारिकता नभएको र आफूहरूसँगको डाटा पनि नबाँड्ने बताएका हुन् । 

गत महिना डब्लुएचओको टोली कोरोना भाइरसको उद्गमस्थल भनिएको वुहान सहरमा पुगेको थियो । वुहानमा यो टोली दुई साता क्वारेन्टिनमा पनि बसेको थियो । अनुसन्धान गर्न बाहिर निस्कँदा डब्लुएचओ टोलीलाई चिनियाँ अधिकारीहरूले सर्वसाधारणसँग वार्ता गर्न अनुमति दिएनन् । चिनियाँ अधिकारीले स्वास्थ्य सुरक्षाको बहाना बनाउँदै टोलीलाई सीमित क्षेत्रमा मात्र अनुसन्धान गर्न अनुमति दिएको थियो । यद्यपि, डब्लुएचओ टोलीले सूक्ष्म अनुसन्धान गरेको दाबी गरेको थियो ।

टोलीको नेतृत्व सरुवारोगविज्ञ अस्ट्रेलियन नागरिक डोमिनिक डवानेले गरेका छन् । डोमिनिकले चिनियाँ अधिकारीसँग वुहानमा वास्तविक संक्रमितको संख्या र प्रारम्भिक अनुसन्धानसम्बन्धी डाटा मागेका थिए । तर, चिनियाँ अधिकारीले सूचना तथा डाटा दिन अस्वीकार गरेपछि डब्लुएचओ टोली निराश बनेको छ । 

चिनियाँ पक्षको असहयोगका कारण वुहानको ल्याबमा शंका लागेको विशेषज्ञ डोमिनिकले बताएका छन् । ‘हामीहरूको रिपोर्ट सुरक्षित छ, चीनबाट हामीले अन्य डाटा प्राप्त गर्न नसक्नुको कारण बुझ्न सकिनँ, यसबारे टिप्पणी गर्न सक्दिनँ,’ उनले भने । 

यता डब्लुएचओले चीनको पछिल्लो व्यवहारमाथि शंका गर्न स्थान मिलेको जनाएको छ । साथै डब्लुएचओसहित अन्य राष्ट्रहरूले वुहानमा थप अनुसन्धान गर्न दबाब दिने जनाएको छ । 

कोरोना भाइरसको पहिलो लहर चीनको वुहानमा सुरु भएको धेरैको विश्वास छ । तर, चीनले वुहानबाट नभएर अन्य राष्ट्रबाट भाइरस फैलिएको दाबी गरिरहेको छ । सोही आरोप र दाबी बारे अनुसन्धान गर्न डब्लुएचओको टोली वुहान पुगेको थियो । टोलीले वुहानको मासुपसलबाट अनुसन्धान थालेको थियो ।

यसैबीच अमेरिकाको राष्ट्रिय सुरक्षाका सल्लाहकार ज्याक सुलिभानले चीनका अधिकारीहरूलाई वुहानको सुरुवाती डाटा उपलब्ध गराउन दबाब दिएका छन् । ‘वुहानमा संक्रमण देखिएको पहिलो दिनको सबै डाटा डब्लुएचओलाई बुझाउनुपर्छ,’ सल्लाहकार ज्याकले भने, ‘हामी गम्भीरताका साथ कोभिड–१९ को सुरुवाती चरणको अनुसन्धानमा अगाडि बढिरहेका छौँ, त्यसवेलामा चिनियाँ अधिकारीले गरेको अनुसन्धानबारे सबैेसमक्ष जानकारी हुनुपर्छ ।’

 

ad
ad