१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १o:३६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

आज जनयुद्ध दिवस : जनमुक्ति सेनाका आमाबाबु भन्छन्, ‘गणतन्त्र ल्याउन लडेको मेरो छोरालाई आममाफि देऊ’

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १o:३६:oo

‘हाम्रो छोराले जघन्य अपराध हैन, गणतन्त्रका लागि विद्रोह गरेको थियो । शान्तिप्रक्रियाविपरीत उसलाई सजाय दिनु गणतन्त्रको अपमान हो । हामी सरकारसँग धनसम्पत्ति  केही माग्दैनौँ । छोरालाई आममाफी दिए हाम्रा लागि सबैभन्दा ठूलो न्याय हुने थियो ।’

सशस्त्र जनयुद्धमा सामेल हुन हतियारसहित नेपाली सेनाको क्याम्पबाट भागेर विद्रोह  गरेका पूर्वजनमुक्ति सेना झलक भगत (चौधरी)का वृद्ध बाबुआमाको अरू केही चाहना छैन । मात्रै छोरालाई  सरकारले आममाफी देओस् । उनीहरू मोरङको ग्रामथान गाउँपालिका–२ रंगटोलीस्थित झुप्रो घरमा कुप्रो शरीरसँग हाल मकवानपुरको भीमफेदी कारागारमा जन्मकैदको सजाय भुक्तान गरिरहेका छोरो फर्केर आउने आसमा दिन गनिरहेका छन् ।

२०६२ साल साउन ८ शंखुवासभाको चैनपुरस्थित नेपाली सेनाको क्याम्पबाट दुई थान हतियारसहित भागेर गणतन्त्रका लागि सशस्त्र जनयुद्ध गरिररहेको माओवादीको जनमुक्ति सेनामा सामेल भएका थिए झलक । जनमुक्ति सेनामा रहेर उनले धेरै लडाइँ लडे ।

शान्ति प्रक्रियापछि वाइसिएल भएर निरन्तर पार्टीले दिएको कर्तव्य पूरा गरे । तर, २०७४ मंसिर ८ गते उनलाई प्रहरीले विप्लव समूहमा लागेर शसस्त्र गतिविधि गरेको आरोपमा पक्राउ गर्‍यो ।  प्रशासनले सेनाको भगौडा हो भन्ने बुझेपछि शान्ति प्रक्रियाविपरीत नेपाली सेनालाई जिम्मा लगायो । सेनाले विद्रोह गरेको आरोपमा सैनिक अदालतबाट सर्वस्वसहित जन्मकैद गर्‍यो ।

झलक भगत –चौधरी

झलकले सर्वोच्चमा मुद्दा पुनरावेदन गरे । तर, सर्वोच्चले पनि सैनिक अदालतकै फैसला सदर गरिदियो । निर्भिक योद्धा झलकका वृद्ध बाबुआमा दुवै हाडजोर्नीका बिरामी छन् । पत्नी पनि पक्षघातकी बिरामी छिन् । सुकुम्बासी परिवार भएकाले जीवन धान्न धौधौ छ । उनका दाइ र भाइ अर्काको जमिन अँधिया गरेर जीवन गुजार्छन् । १४ वर्षीय जेठाे छोरा मावलामा र अर्का पाँच वर्षीय कान्छाे  छोरा फुपुको घरमा बसेर पढिरहेका छन् ।  

झलकले चलाउने गरेको मोटरसाइकल हेर्दै  छोरालाई सम्झेर भक्कानिन्छन् बुढीआमा । छोरा जेलबाट छुटेर आउँछ र बुढेसकालमा सेवा गर्छ भन्ने अझै उनको आशा जीवितै छ ।  

उनी भन्छिन्, ‘छोरोले फौजदारी अपराध गरेको थिएन । आफ्नै बलबुताले सेनामा भर्ती भएर दुई वर्ष मात्र जागिर खायो । तर, जागिरभन्दा ठूलो गणतन्त्र हो भनेर विद्रोही बन्यो ।  तर, अहिले छोरो शान्तिप्रक्रियाविपरीतको मुद्दामा जन्मकैद सजाय भोगिरहँदा हाम्राे छातीमा डढेलो लागेको छ ।’

भर्खरै प्रधानमन्त्री केपी ओलीले जनमुक्त्ति सेनाहरूको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । यसैले झलकका वृद्ध बाबुआमालाई छोरा जेलमुक्त्त हुने आशा पनि पलाएको छ । २६औँ जनयुद्ध दिवसको सम्झना गर्दै उनीहरूले नयाँ पत्रिकासँग भने, ‘हामीलाई केही चाहिँदैनथ्यो मात्रै छोराले आममाफी पाए हुन्थ्यो ।’