मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ माघ २७ मंगलबार १२:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

किसान र बजारलाई प्रत्यक्ष जोड्ने विधि बनाउँछौँ : मन्त्री अर्याल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ माघ २७ मंगलबार १२:२३:००

कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले मन्त्रालयले किसान र बजारलाई प्रत्यक्ष जोड्ने विधि बनाउने बताइन् । मंगलबार कालिमाटी फलफूल तथा तरकारी बजारको अवलोकन गर्दै मन्त्री अर्यालले किसानले पसिनाको उचित मूल्य प्राप्त गर्नुपर्ने बताउँदै बजार र किसानलाई प्रत्यक्ष जोड्ने विधिको निम्ति मन्त्रालयले सोच बनाएको बताएकी हुन् ।

उत्पादित वस्तुको बजारीकरणको व्यवस्था गर्नु आजको आवश्यकता भएकाले किसानलाई बजारको व्यवस्थापन गर्न उत्पादित वस्तुको बजारको ग्यारेन्टी सरकारले गर्ने उनको भनाइ छ ।  उत्पादनलाई बढावा दिने तथा उत्पादनलाई बजारमा बिक्री हुने वातावरण बनाउन सरकारको तर्फबाट योजना ल्याउने उनले बताइन् ।  

मन्त्री अर्यालले भोलि जुनसुकै परिस्थिति आउँदा पनि समस्या नआउने गरी मलको भण्डारण स्थापना गर्ने बताइन् ।  किसानलाई मलको अभाव हुन नदिने उनको भनाइ छ । अहिले गहुँ लगाउने सिजनमा पनि मल पर्याप्त रहेको र किसानले सहज ढंगले मल पाएको उनको दाबी छ । 

मन्त्री अर्यालले कालिमाटी फलफूल तथा तरकारी बजारमा अनुगमनका क्रममा व्यवस्थित ल्याब रहेको भेटेको बताइन् । छिट्टै परीक्षण गरी खराब चिजहरूलाई नियन्त्रण गरी उपभोक्ताकोमा जान नदिन फास्टट्रयाकबाटै काम भएको पाएको उनको भनाइ छ । उनले कालिमाटी बजारको फोहोर व्यवस्थापनलाई वैज्ञानिक हिसाबले व्यवस्थापन गर्ने चुनौती रहेको पनि बताइन् । त्यस्तै, केही स्टलहरूको बेथितिलाई नियन्त्रण गरी प्रणालीमा ल्याउनुपर्ने उनको भनाइ छ । 

कालिमाटी फलफूल तथा तरकारी बजारको साधारणसभासम्म मन्त्रालय र बजार व्यवस्थापन बसेर बेथिति अन्त्य गरी व्यवस्थित गराउनको निम्ति योजना लिएर आउने मन्त्री अर्यालले बताइन् ।