मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवीन गुरुङ संखुवासभा
२०७७ माघ २३ शुक्रबार १९:००:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीले वैशाखमा चुनाव गराउँदैनन्, मुलुक उखानटुक्काले मात्रै चल्दैन : बाबुराम भट्टराई

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७७ माघ २३ शुक्रबार १९:००:००

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले वैशाखमा चुनाव नगराउने दाबी गरेका छन् । संखुवासभाको सदरमुकाम खाँदबारीमा शुक्रबार आयोजित जनसभालाई सम्बोधन गर्दै उनले संसारका कुनै पनि तानाशाहले आफूले जित्ने सुनिश्चित नभएसम्म चुनाव नगराउने जिकिर गरे । 

लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशिता ओलीका कारण खतरामा परेको भट्टराईले बताए । लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशिताका लागि एक दशक लामो जनयुद्ध लडेको र राजासमेत फ्याँक्नुपरेको बताउँदै भट्टराईले प्राप्त उपलब्धिहरूको संरक्षण गर्न आवश्यक रहेको बताए । 

उनले उखानटुक्काले मात्रै देश नचल्नेसमेत बताए । ‘केपी ओलीसँग व्यक्तिगत सम्बन्ध अत्यन्तै राम्रो रहेको छ । ओलीका उखानटुक्का र व्यवहार राम्रो लाग्छ । तर, मुलुक उखानटुक्काले मात्रै चल्दैन,’ भट्टराईले भने, ‘ओलीले आफू शक्तिशाली बन्नका लागि राज्यका सबै अंगहरू कब्जा गर्न थालेका छन् । त्यसको सशक्त विरोध गर्न आवश्यक छ ।’

जनसभामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपीले संघीयता ध्वस्त पार्न जननिर्वाचित प्रतिनिधिसभा विघटन गरेको आरोप लगाए । ‘ओली संविधान र लोकतन्त्रको हत्यारा हुन् । उनले प्रतिनिधिसभा विघटन गरेर संविधान र लोकतन्त्रमाथि नै ‘कु’ गरेका छन,’ यादवले भने ।
    
जनसभामा नेताहरू अशोक राई, रकम चेम्जोङ र हिसाला यमीलगायतले प्राप्त उपलब्धि रक्षाका लागि सशक्त ढंगले अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।