मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २० मंगलबार २१:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दियालो बंगलालाई पर्यटकीय स्थलका रूपमा विकास गरिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ २० मंगलबार २१:१५:००

चितवनस्थित दियालो बंगलालाई पर्यटकीय स्थलका रूपमा विकास गरिने भएको छ । राजपरिवार चितवन जाँदा बस्ने सो बंगला हाल नेपाल ट्रस्ट को स्वामित्वमा छ । 

नेपाल ट्रस्टको हालै बसेको सञ्चालक समितिको बैठकले दियालो बंगलालाई पर्यटकीय स्थलका रूपमा प्रवर्द्धन गर्ने निर्णय गरेको हो । नेपाल पर्यटन बोर्डसँग समन्वय गरी यससम्बन्धी कार्यविधि बनाइने ट्रस्टको कार्यालयमा कार्यरत सहसचिव डा. भीष्मकुमार भुसालले बताए । 

भरतपुरको नारायणी किनारछेउमा रहेको बंगलाको हाल मर्मतसम्भारसमेत हुन सकेको छैन । नेपाली सेनाले सुरक्षा दिँदै आएको सो बंगलालाई संग्रहालय बनाई प्रवेशका लागि शुल्क निर्धारण गरी सर्वसाधारणलाई खुला गर्ने ट्रस्टको कार्यालयको तयारी छ ।