१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार १८:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्डको दाबी– सामन्ती राजा–रजौटासँगको साँठगाँठमा ओलीले प्रतिनिधिसभा विघटन गरे (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १८:२५:oo

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीले देशभित्रका सामन्ती राजा–रजौटासँगको साँठगाँठमा प्रतिनिधिसभा विघटन गरेको बताएका छन् । आफूनिकट अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको दोस्रो बैठकलाई आइतबार राजधानीमा सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीले देशभित्रका सामन्ती राजा–रजौटा र निरंकुशतावादीहरूसँग साँठगाँठ गरेर प्रतिनिधिसभा विघटन गरेको बताएका हुन् । 

उनले देशबाहिरका दक्षिणपन्थी प्रतिक्रियावादीहरूको इसारामा ठूलो डिजाइनअन्तर्गत नेपाली जनतालाई अपमानित गर्ने रणनीतिका साथ जनताले हासिल गरेका राजनीतिक उपलब्धिमाथि प्रहार गरिएको उनको दाबी गरे । 

प्रचण्डले प्राप्त उपलब्धिको रक्षाको निम्ति पुनः जुर्मुराएर आन्दोलित हुनुपर्ने अवस्था आएको औँल्याए । 

बैठकलाई सम्बोधन गर्दै नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले आफूतिर मान्छे तान्न भएभरको शक्ति लगाएको बताए । ओलीले भएभरको शक्ति लगाएर आफूतर्फ तान्ने प्रयास गरेको भए पनि धेरै नेताहरूले अस्वीकार गरेको उनको भनाइ छ ।

प्रतिनिधिसभा पुनस्र्थापना भए ओली पक्षका २० जना नेताहरूले आफूहरूलाई साथ दिने वचन दिएको पनि नेपालले बताए ।
 

ad
ad