१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री पुगे छाउनी अस्पताल, खोप केन्द्रको अनुगमन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:o५:oo

प्रधानमन्त्री एवं रक्षामन्त्री केपी ओली बुधबार नेपाली सेनाको वीरेन्द्र अस्पताल पुगेर कोभिडविरुद्ध खोप केन्द्रको गतिविधि अनुगमन गरेका छन् । वीरेन्द्र सैनिक अस्पताललाई नेपाल सरकारले कोभिड– १९ विरुद्ध विभिन्न खोप केन्द्रहरूमध्ये एउटा तोकेको छ । 

प्रधानमन्त्री ओलीलाई सेनाका बलाधिकृत रथी प्रभुराम शर्माले अस्पतालमा स्वागत गरेका थिए । जंगी अड्डाका अनुसार बुधबारै वीरेन्द्र अस्पताल तथा अन्य सैनिक अस्पतालहरूमा कार्यरत अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारीलगायतलाई खोप लगाउन थालिएको छ । 

बुधबार छाउनी अस्पतालस्थित खोप केन्द्रमा एक सय ४० जना र उपत्यकाबाहिरका अन्य सैनिक अस्पतालहरूमा ३७ जना गरी जम्मा एक सय ७७ स्वास्थ्यकर्मी एवं सुरक्षाकर्मीलाई खोप लगाइएको जंगी अड्डाले जनाएको छ । खोप १० दिनसम्म लगाउने कार्यक्रम छ ।
एकीकरण मार्गबारे सेमिनार हुने

नेपाली सेनाले पुरातत्वविद्, इतिहासविद्, भूगोलविद्, पर्यटन व्यवसायी संघ, प्रदेश तथा स्थानीय सरकारका प्रतिनिधि, सरकारी अधिकारी एवं सेनाका अधिकृतहरू सहभागी गराएर तीनदिने एकीकरण मार्गसम्बन्धी बृहत् सेमिनार आयोजना गर्न लागेको छ । सेनाले माघ २२, २३ र २५ गते जंगी अड्डामा सेमिनार गर्ने जनाएको छ ।

पहिलो दिन प्रधानसेनापति पूर्णचन्द्र थापाले सेमिनार उद्घाटन गर्नेछन् भने २५ माघमा प्रधानमन्त्री एवं रक्षामन्त्री केपी ओलीले समापन गर्ने कार्यक्रम छ । सेमिनारका क्रममा नेपालको ऐतिहासिक गढी तथा किल्लाको प्रोफाइल निर्माण, एकीकरण मार्ग कार्यक्रमसम्बन्धी वृत्तचित्र प्रदर्शन, एकीकरण मार्ग कार्यक्रमसम्बन्धी प्यानल छलफलसमेत गराउने सेनाको तयारी छ । सेनाले गढी तथा किल्लाहरूको संरक्षण गर्दै राष्ट्रिय एकताको भावना जगाउन सेमिनार आयोजना गर्न लागेको जंगी अड्डाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।