१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १९:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

‘एमबिबिएसको शुल्क बढाएको’प्रति कांग्रेसद्वारा भर्त्सना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १९:५१:oo

प्रधानमन्त्री अध्यक्ष रहेको चिकित्सा शिक्षा आयोगले एमबिबिएसको शुल्क बढाएको भन्दै कांग्रेसले भर्त्सना गरेको छ । 

कांग्रेसको शिक्षा विभागका सचिव डा. कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै शुल्क बढाउने निर्णयको गम्भीर छलफलपछि भर्त्सना गरिएको बताएका छन् । 

गतवर्षसम्म एमबिबिएसको शुल्क ४० लाख २३ हजार दुई सय ५० रुपैयाँ मात्रै थियो । यो वर्ष आयोगले आठ लाख रुपैयाँ वृद्धि गरेर ४८ लाख पुऱ्याएको छ । ‘यो निर्णय स्वयं ओली सरकारले डा. गोविन्द केसीसँग गरेको सम्झौताको मर्मविपरीत छ,’ डा. पौडेलले भनेका छन् । 

पार्टीका केन्द्रीय सदस्य तथा विभागका प्रमुख हरिप्रसाद नेपालको अध्यक्षतामा बसेको विभागको बैठकले मनोमानी रूपमा बढाएको शुल्क अविलम्ब फिर्ता गरी एमबिबिएसको पुरानै शुल्क कायम गर्न सरकारसँग माग गरेको छ । 

ad
ad