पूर्वजनमुक्ति सेनाका कमान्डरहरूलाई ओलीले भने– नेतृत्वबाट विगतमा जस्तो धोका पाउनु हुनेछैन

शनिबार, १० माघ, २०७७
डिजिटल संस्करण

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पूर्वजनमुक्ति सेनाका कमान्डरहरूलाई नेतृत्वबाट विगतमा जस्तो धोका नहुने बताएका छन् । बालुवाटारमा आयोजित भेटघाटका क्रममा सम्बोधन गर्दै ओलीले राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्ने बताएका छन् । 

तस्बिर : प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भेटपछि सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ओलीको भनाइ उद्धृत गरेका छन्– ‘जनयुद्धको अवधिमा तपाईंहरूको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान छ । नेतृत्वले तपाईंहरूका भावनाको दुरुपयोग ग¥यो । यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ । यसरी आइरहँदा तपाईंहरू ढुक्क हुनुहोस्, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छाैँ । नेतृत्वबाट विगतमा जस्तो धोका पाउनु हुनेछैन ।’ 

सुझावित समाचार