१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format १३:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री ओलीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेटिङमा प्रतिनिधिसभा विघटन गरे : डा. भट्टराई 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:१२:oo

जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले सेटिङमा प्रतिनिधिसभा विघटन भएको बताएका छन् ।  

ओलीको यो कदम  संविधान र लोकतन्त्रमाथिको प्रहार भएको उनले आरोप लगाए । जनताको आन्दोलनको बलमा ओलीको गलत कदमलाई सच्चाउनुपर्नेमा जोड दिए ।  

प्रेस नेपालले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले वैशाखमा चुनाव हुनै नसक्ने भन्दै राज्यका महत्वपूर्ण अंग नियन्त्रणमा लिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा सेटिङ गरेर ओलीले संसद् विघटन गरेको बताए । 

अहिलेको व्यवस्था भत्काई  निरंकुश शासक बन्न चुनाव घोषणा भएको धारणा राख्दै भट्टराईले ओलीको  गलत आचरण र चरम महत्वाकांक्षाको कारण मुलुक संकटमा फस्न लागेको बताए ।