१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सबै प्रदेश र स्थानीय तहमा सम्पर्क व्यक्ति तोक्ने निर्वाचन आयोगको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:४१:oo

निर्वाचन आयोगले सबै प्रदेश र स्थानीय तहमा सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेको छ । आयोगले बुधबार प्रेस विज्ञप्ति जारी गरेर स्थानीयस्तरमा मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने, निर्वाचन तथा मतदाता शिक्षा कार्यक्रम, निर्वाचनसँग सम्बन्धित सूचना तथा सन्देशको सम्प्रेषणलगायतका काम गर्न र आयोगबाट तोकिएका आवश्यक सहयोग र समन्वयका लागि निर्वाचन आयोगले सबै प्रदेश र स्थानीय तहमा एक–एकजना सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेको जानकारी दिएको हो ।

आयोगले विज्ञप्तिमा भनेको छ, ‘सबै प्रदेशमा निर्वाचनसम्बन्धी विषयमा आवश्यक समन्वय गर्न सम्बन्धित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव वा सोसरहका एकजना कर्मचारीलाई निर्वाचन सम्पर्क व्यक्ति तोकी आयोगमा जानकारी गराउने व्यवस्थाका लागि नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र स्थानीय तहमा शिक्षा तथा सामाजिक विषयसँग सम्बन्धित शाखाको प्रमुखलाई निर्वाचन सम्पर्क व्यक्ति तोकी आयोगमा जानकारी गराउने व्यवस्थाका लागि नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गरिएको छ।’