१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १७ मंगलबार
  • Tuesday, 01 July, 2025
२o८२ असार १७ मंगलबार १६:४७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

ललितपुरमा नदीजन्य खोज तथा उद्धार अभ्यास (तस्बिरहरू)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १७ मंगलबार १६:४७:oo

ललितपुर महानगरपालिकाले नागदहमा नदीजन्य खोज तथा उद्धार अभ्यास गरेको छ । ‘समुदाय विपत् स्वयंसेवक तालिम’ लिएका प्रशिक्षार्थीहरूको प्रत्यक्ष सहभागितामा अभ्यास सम्पन्न गरेको हो । 

डेमोन्ट्रेसनमा जल उत्पन्न प्रकोपको समयमा उद्धार गर्ने प्रक्रिया र अन्य अवस्थामा पनि हुन सक्ने जलजन्य दुर्घटनाको समयमा स्थानीय तवरबाट नै उद्धार गर्न सक्ने तरिका पनि देखाइएको थियो ।  यस प्रकारको दुर्घटना र विपतकाे समयमा घाइतेलाई दिने प्राथमिक उपचारको पनि अभ्यास गरिएको थियो ।

यसका अलावा आगलागीको समयमा स्थानीय तवरबाट नै आगो निभाउने तथा वारुणयन्त्र नआइपुग्दासम्म थप फैलिन नदिने तरिकाबारे पनि कृत्रिम अभ्यास गरिएको थियो । यो अभ्यासमा ललितपुर महानगरपालिकाका नगर प्रहरीको पनि प्रत्यक्ष सहभागिता रहेको थियो ।

तस्बिरहरू :