Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस/एएफपी वासिङ्टन
२०७७ माघ ७ बुधबार १३:४५:००
Read Time : < 1 मिनेट
विश्व

कार्यकाल सकिनै लाग्दा राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ 

Read Time : < 1 मिनेट
रासस/एएफपी वासिङ्टन
२०७७ माघ ७ बुधबार १३:४५:००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल सकिनै लाग्दा  ७३ जनाको सजाय माफ गरेका छन् । सजाय माफ गरिएकामा ट्रम्पका पूर्वसल्लाहकार स्टिभ ब्यानन पनि छन् । 

ह्वाइटहाउसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति ट्रम्पले ७३ जनाको सजाय माफ गर्नुका साथै अरू ७० जनाको सजाय कटौती गरेका छन् ।’ 

ब्याननमाथि मेक्सिको–अमेरिका सीमामा पर्खाल लगाउन भन्दै आमसर्वसाधारणसँग पैसा उठाएर दुरुपयोग गरेको आरोप लागेको थियो । मेक्सिको सीमामा पर्खाल लगाउने अभियान राष्ट्रपति ट्रम्पको पनि मुख्य चुनावी अभियान र नीति हो । 

राष्ट्रपति ट्रम्पले ब्याननको सजाय माफ गर्नुअघि उनलाई फोन गरेको अमेरिकी सञ्चाचारमाध्यमहरूले जनाएका छन् । यस्तै, राष्ट्रपति ट्रम्पका पूर्वसहयोगी इलिअट ब्रोइडी र गायक लिल वाइनेको पनि सजाय माफ भएको छ । 

अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनले बुधबार नै अमेरिकाको ४६औँ राष्ट्रपतिका रूपमा शपथ लिँदै छन् ।