१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
एस श्रीनिवासन
२o८१ जेठ ६ आइतबार o९:११:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

पुरानो समीकरणमा नयाँ गठजोड

Read Time : > 2 मिनेट
एस श्रीनिवासन
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o९:११:oo

भाजपाको दीर्घकालीन रणनीति भनेकै तमिलनाडुको राजनीतिमा आफ्नो जरा बलियो बनाउनु हो

 तमिलनाडुको राजनीति हेर्दा लाग्छ, भारतीय जनता पार्टीले आफ्नो योजना केही समयका लागि स्थगित गरिदिएको छ । निकै उतारचढावबीच उसले फेरि सत्तारुढ अन्नाद्रमुकको नेतृत्वलाई स्विकार्ने र आगामी राज्यसभाको निर्वाचनमा गठबन्धन बनाएर लड्ने देखिन्छ । भाजपा यतिवेला राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडिए) का अनेकौँ सहयोगी दललाई सँगै ल्याएर भए पनि अन्नाद्रमुकलाई बलियो बनाउन चाहन्छ । जसले गर्दा द्रमुकले नेतृत्व गरिरहेको गठबन्धनलाई हराउन सकियोस् । सन् २०१६ को विधानसभा निर्वाचनको नेतृत्व जे जयललिताले गर्दा पनि अन्नाद्रमुक गठबन्धनले आफ्नो प्रतिद्वन्द्वी द्रमुक गठबन्धनलाई निकै न्यून मतान्तरले पराजित गरेको थियो । आगामी निर्वाचनमा कुनै पनि आन्तरिक कलहले गठबन्धनलाई कमजोर पार्न सक्छ । 

भाजपा तमिलनाडु राज्यमा आफ्नो नेतृत्व होस् भन्ने चाहन्छ । किनभने आगामी ०२४ को लोकसभा निर्वाचनमा यसले भूमिका खेल्न सकोस् । त्यसका साथै अन्नाद्रमुकको सहयात्री बनेर उसले विधानसभामा केही सिट हात पार्‍यो भने विहारको मोडेलजस्तै यहाँ पनि मन्त्रिमण्डलमा साझेदारी गर्न सक्छ । यो रणनीति मुख्यमन्त्री ई पलानीसामीलाई पनि अनुकूल हुने खालको छ । उनी विभिन्न खिचातानीका बाबजुद पछिल्लो चार वर्षदेखि पार्टीलाई एकताबद्ध राख्न सफल छन् । राज्यमा भाजपा पक्कै पनि कमजोर छ, जसले अन्नाद्रमुकको शक्तिमा धेरै बढोत्तरी गर्न सक्दैन । तर, हरेक प्रतिद्वन्द्वितामा एक–एक भोट महत्वपूर्ण हुन्छ ।

तमिलनाडु राज्यमा भाजपालाई चामत्कारिक नेतृत्वको अभाव छ । त्यहाँ अलिकति जुन राजनीति बचेको थियो, त्यो पनि सुपरस्टार रजनीकान्तको निर्वाचनमा आउने आह्वानपछि झन्डै धुलिसात भयो ।

भाजपालाई गठबन्धनभन्दा बाहिर राख्नु राम्रो हुँदैन, किनभने केन्द्रमा सत्तामा उही छ । जसको नोक्सान मुख्यमन्त्री र उनको पार्टीलाई हुन सक्छ । मुख्यमन्त्री पलानीसामी राजधानी दिल्लीको भ्रमणमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्न सक्छन् । दुवै नेता गठबन्धन बनाउने विषयमा अन्तिम निर्णय गर्न सक्छन् । प्रधानमन्त्री मोदीले अन्नाद्रमुकका साथै पिएमके (डा. रामदास), डिएमडिके (विजयकान्त), टिएमसी (दिवंगत कांग्रेसी जी के मुपनार) जस्ता एनडिएका घटक दलका साथ पनि गठबन्धन बनाउन सक्छन् । पलानीसामीले प्रधानमन्त्रीलाई चेन्नईको मरिना तटमा बन्न लागेको जे जयललिता मेमोरियलको उद्घाटनका लागि आमन्त्रित गरिसकेका छन् । यसको उपयोग आगामी निर्वाचनका लागि हुनेछ । 

भाजपाको दीर्घकालीन रणनीति भनेकै तमिलनाडुको राजनीतिमा आफ्नो जरा बलियो बनाउनु हो । किनभने राजपा आगामी दशकमा आफ्नो खुट्टामा उभिन चाहन्छ । गत चार वर्षदेखि भाजपाले आफ्नो राजनीति मजबुत बनाउनका लागि बारम्बार प्रयास गरि नै रहेको देखिन्छ । जति वेला राज्यमा एम करुणा निधि र जे जयललिता शक्तिमा हुँदा भाजपाका लागि गाह्रो थियो । तर, अहिले त उसका लागि यहाँको भूमि मलिलो भएर आएको छ । प्रधानमन्त्री मोदीसँग जे जयललिताको राम्रो सम्बन्ध हुँदा पनि उनले सन् २०१६ को विधानसभा निर्वाचनमा भाजपासँग गठबन्धन गर्न इन्कार गरेका थिए । उनको निधनपछि हतोत्साहित अन्नाद्रमुकले सन् २०१९ को लोकसभा निर्वाचनमा भाजपासँग गठबन्धन बनाए । तर, यस गठबन्धनलाई द्रमुकले नेतृत्व गरेको गठबन्धनबाट नराम्रो धक्का खानुपर्‍यो । त्यसैको परिणामस्वरूप उसले एक सिटमा मात्र चित्त बुझाउनुपर्‍यो । जबकि विधानसभाको उपनिर्वाचनमा ११ सिट जितेर सत्तारुढ अन्नाद्रमुक राज्यमा आफ्नो सत्ता बचाउन सफल रह्यो । 

सन् २०१९ को आमनिर्वाचनपछि नै भाजपा र संघ परिवार तमिलनाडुमा गेरुवा रंग फहराउन निकै अभ्यासरत छन् । यसका लागि कैयौँ योजना पनि बने, जसमा धार्मिक आयोजनादेखि आफ्ना क्याडरलाई प्रशिक्षित गर्नेसम्म छन् । यी सबै प्रयासको अर्थ राज्यमा छरिएर रहेका हिन्दू समर्थित भोटलाई एक ठाउँमा ल्याउनु थियो । ब्राह्मणलाई छाडेर अन्य कैयौँ उच्च जातिका हिन्दू भाजपातिरै झुकाव राख्ने गर्थे, तर पार्टीले त्यसलाई चुनावी प्रयोजनमा प्रयोग गर्न सकेन । यस्तो किन भयो भने तमिलनाडु धार्मिक राज्य त हो, तर धर्म र राजनीतिको घुलमेल तमिलहरू गर्न सक्दैनन् । भाजपा यसको विकल्प के हुन सक्छ भन्नेमा स्पष्ट भइसकेको छैन । तमिलनाडु राज्यमा भाजपालाई चामात्कारिक नेतृत्वको अभाव छ । त्यहाँ अलिकति जुन राजनीति बचेको थियो, त्यो पनि सुपरस्टार रजनीकान्तको निर्वाचनमा आउने आह्वानपछि झन्डै धुलिसात भयो ।

(श्रीनिवासन भारतका वरिष्ठ पत्रकार हुन्)
हिन्दुस्तानबाट

ad
ad