१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
Invalid date format २o:१९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री ओलीको सपना चकनाचुर पार्छौँ : अध्यक्ष नेपाल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:१९:oo

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीमा अहंकार मात्र रहेको भन्दै उनको सपना चकनाचुर पारेर छोड्ने बताएका छन् । बर्दियाको गुलरियामा आयोजित बृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले आफूहरू जिउँदै भएको हुनाले ओलीको सपनालाई पूरा हुन नदिने बताएका हुन् । 

उनले ओलीमा कम्युनिस्ट आन्दोलनसँग माया नभएको जिकिरसमेत गरे । उनले भने, ‘केपी ओलीलाई न आन्दोलनसँग माया छ, न गणतन्त्रसँग प्रेम छ न लोकतन्त्रप्रति माया छ, उनमा मात्र दम्भ सवार भएको छ ।’ 

नेपालले प्रधानमन्त्री ओली अंहकारको घोडामा चढेर मैमत्त भएको बताउँदै आफूलाई संसारकै शक्तिशाली ठानेर यो देशमा म जे पनि गर्न सक्छु भन्ने ठानेको बताए । नेपालले ओलीलाई देशको समस्या, जनचाहना, परिवर्तन, समाजवादको लक्ष्यको बारेमा, कम्युनिस्ट आन्दोलनको प्रतिष्ठा, राम्रो पार्टी तयार गर्ने र जनताको मन र विश्वास जित्ने विषयमा कुनै मतलब नभएको पनि जिकिर गरे । 

उनले भने, ‘कस्तो सन्की मान्छेलाई नेता बनाएछौँ, घरमा प्रश्न खडा गरे घरै जलाइदिने, पार्टीमा प्रश्न गरे पार्टी नै फोडिदिने, संसदमा कुरा उठाए संसद् नै भंग गरिदिने ।’ 

आफूले तत्कालीन एमालेको नवौँ महाधिवेशनमा ओलीले पार्टी डुबाउँछन् भनेको स्मरण गर्दै नेपालले ओलीले कम्युनिस्ट आन्दोलन नै डुबाउन खोजेको बताए । अहिले तानाशाहीको बाटोमा हिँडेका ओलीबाट देशलाई जोगाउनुपर्ने उनको भनाइ छ । अहिले ओली घाँटीमा निस्केको गलगाँडजस्तै भएको उनले बताए ।  

नेपालले पुष्पकमल दाहाल प्रचण्डजस्तो सोझो, राम्रो मान्छेलाई बदनाम गर्न खोजेको बताउँदै नेता तथा कार्यकर्ता सचेत रहनुपर्ने बताए । उनले ओलीको भ्रमजालमा नपर्न कार्यकर्तालाई अपिलसमेत गरे । 

कार्यक्रममा नेकपा नेता वर्षमान पुनले सरकारलाई प्राप्त भएको दुईतिहाइ बहुमतबाट विचलित भएर ओलीले प्रतिनिधिसभा विघटन गरेको बताए । उनले ओलीको सानो गुट छुट्टिएर गए पनि ऐतिहासिक पार्टी एकीकरण नबिथोलिने बताए ।