१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
तस्बिर रासस
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ४ आइतबार १९:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देशलाई निरंकुशताको ठाउँमा पुऱ्याउने डरलाग्दो षड्यन्त्रविरुद्ध आक्रामक आन्दोलन गर्नुपर्छ : प्रचण्ड 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ४ आइतबार १९:४९:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई निरंकुशताको ठाउँमा पुऱ्याउने डरलाग्दो षड्यन्त्र भइरहेको दाबी गरेका छन् । नेकपा प्रचण्ड–माधवपक्षीय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै प्रचण्डले डरलाग्दो षड्यन्त्र भएको दाबी गरेका हुन् । 

षड्यन्त्रको विरुद्ध आक्रामक आन्दोलन गर्नुपर्ने उनको भनाइ छ । सर्वोच्च अदालत र निर्वाचन आयोगमा सेटिङ भएको भन्ने आफूहरूले आशंका नगरेको भए पनि प्रधानमन्त्री ओलीको सेटिङमा भने शंका भएको उनले बताए । 

कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओली लोकतन्त्र, संविधान र जनादेशको विरुद्धमा उभिएको बताए । ओलीले पहिलेदेखि नै गुटबन्दी गर्दै आएको बताउँदै खनालले सरकारमा गएपछि दक्षिणपन्थी अवसरवाद लागू गरी प्रतिक्रान्ति गरेको जिकिर गरे । 

नेकपा नेता भीम रावलले विगतमा भएका विभाजनका शृंखलाहरूलाई समाप्त गर्ने गरी पार्टी एकीकरण भए पनि एकीकरणले ओलीलाई प्रधानमन्त्री बनाउनुबाहेक केही हुन नसकेको टिप्पणी गरे । ओलीले देशलाई स्थायित्व दिन आफैँले गरेको हस्ताक्षरलाई आफैँले निर्लज्ज रूपमा च्यातेर फ्याँकेको रावलको आरोप छ ।