१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format २१:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाबुराम भट्टराई भन्छन्– ओलीले आफूअनुकूल नभएसम्म चुनाव गराउँदैनन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:४१:oo

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले आफूअनुकूल नभएसम्म चुनाव नगराउने बताएका छन् । गोरखामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भट्टराईले ओलीले चुनाव गराउँछन् भन्ने भ्रममा कोही पनि बस्न नहुने बताए । 

‘यो संविधानलाई नै भत्काइसकेपछि संविधानविपरीतको चुनाव गर्नु भनेको सैनिक तानाशाहीले गरेको जस्तै चुनाव हुन्छ,’ उनले भने, ‘दुईतिहाइको सरकार नचलाउने मान्छेले आफूअनुकूल नहुने गरी चुनाव गराँउछ भन्ने ग्यारेन्टी पनि छैन, संवैधानिक अंगहरू सबैमा उनले नै कब्जा जमाएका छन्, उनले यो छोड्नेवाला छैनन् ।’ 
 
नेकपाले निर्णायक रूपमा सम्बन्धविच्छेद नगरेकोप्रति उनले आशंका व्यक्त गरे । ‘ओलीसँग अहिलेसम्म नेकपाले निर्णायक रूपमा सम्बन्धविच्छेद गरेको छैन, पार्टीले निष्कासन नगरेसम्म उनी नै प्रधानमन्त्री हुन्छन्,’ भट्टराईले भने, ‘नेकपाको सम्बन्धविच्छेदको टुंगो नहुँदा नेपाली कांग्रेस र माधव–प्रचण्ड पक्षले निर्णायक आन्दोलन गर्न सकेका छैनन् ।’

नेकपा ओली पक्ष र माधव–प्रचण्ड पक्षको छिनोफानो हुनुपर्ने उनको भनाइ छ । देश प्रतिगमनतर्पm जाने खतरा बढेकाले यसलाई जोगाउन नागरिक, राजनीतिक दललगायत सबै एकजुट हुनसमेत उनले आग्रह गरे ।