मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ माघ १ बिहीबार १०:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शे-फोक्सुण्डो निकुञ्जबाट मासु र भरुवा बन्दुकसहित एक पक्राउ

Read Time : < 1 मिनेट
२०७७ माघ १ बिहीबार १०:२१:००

डोल्पाको शे-फोक्सुन्डाे राष्ट्रिय निकुञ्जबाट मासु र भरुवा बन्दुकसहित एक  पक्राउ परेका छन् । चोरी सिकारी नियन्त्रण इकाइले निकुञ्जको निगालगैरा भन्ने वन क्षेत्रबाट गत पुस २७ गते रातिको समयमा पक्राउ गरेको हो ।

स्थानीयका अनुसार पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका– ६ बस्ने लक्ष्मीचन्द्र शाही रहेका छन् । निज व्यक्तिबाट एक थान भरुवा बन्दुक, वन्यजन्तुको जस्तो देखिने आखेटोपहार (मासुको टुक्रा), १९ वटा गोली, बारुद एक बट्टा तथा बन्दोबस्तीका सामानहरू बरामद गरिएको निकुञ्जका वार्डेन सरोजमणि पौडेलले जानकारी दिए ।

निजलाई हिरासतमा राखी अनुसन्धान कार्य अगाडि बढाइएको निकुञ्जले जनाएको छ । निकुञ्जले यसभन्दा अगाडि पनि ३७ थान भरुवा बन्दुक, एक थान कटुवा पेस्तोल, इन्सास राइफलका गोलीहरू पनि बरामद गरेको थियो ।

भौगोलक कठिनाइ, विशाल भूगोल, न्यून जनशक्ति र अत्यधिक चिसोका बाबजुद पनि निकुञ्जले चोरी सिकारी नियन्त्रण कार्यलाई निरन्तरता दिइरहेको छ । पछिल्लो समयमा वन-जंगल, वन्यजन्तु र प्राकृतिक सम्पदा संरक्षणका लागि निकुञ्जले स्थानीय जनतासँग समन्वयकारी भूमिकालाई प्राथमिकता दिएको छ