१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एजेन्सी
२०७७ पौष २९ बुधबार १३:४४:००
Read Time : < 1 मिनेट
विश्व

युट्युबले पनि ट्रम्पको च्यानल खारेज गऱ्याे, च्यानलमा भएका सबै भिडियो हटायो

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ पौष २९ बुधबार १३:४४:००

भिडियो सेयरिङ प्लेटफर्म युट्युबले पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘ट्रम्पस च्यानल’ खारेज गरेको छ । साथै ट्रम्पले च्यानलमा अपलोड गरेका भिडियो युट्युबको नीतिविपरीत रहेको ठहर गर्दै हटाएको छ । यसकारण कम्तीमा सात दिनका लागि उनको च्यानल बन्द गरिएको युट्युबले जनाएको छ ।

यसअघि सामाजिक सञ्जालहरू फेसबुक, ट्विटर र इन्स्टाग्रामले राष्ट्रपति ट्रम्पले सञ्चालन गर्दै आएको खाता बन्द गरेका थिए । ६ जनवरीमा अमेरिकाको क्यापिटल हिलस्थित संसद् भवनमा ट्रम्पसमर्थकले आक्रमण गरेको भिडियो ट्रम्पले सामाजिक सञ्जालमा अपलोड गरेका थिए । यस दिन राष्ट्रपति निर्वाचित जो बाइडेनलाई औपाचारिक रूपमा विजयी घोषणा गर्ने तयारी भइरहेको थियो । समर्थकलाई हिंसा गर्न उक्साएको आरोपमा सामाजिक सञ्जाल सञ्चालकहरूले ट्रम्पको खाता नै बन्द गरेका हुन् । 

ट्रम्पले एक महिनाअघि आफ्नो च्यानलमा अपलोड गरेको भिडियो ५.८ मिलियनले हेरेका छन् । जुन भिडियो ३ नोभेम्बरमा सम्पन्न राष्ट्रपतीय निर्वाचनको मतदानसँग सम्बन्धित छ । यस्तै उनको च्यानललाई २.७७ मिलियनले सस्क्राइब गरेका छन् । 

ट्रम्पले जो बाइडेन विजयी हुने निश्चित भएलगत्तैदेखि विनाप्रमाण निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएका थिए । उनको यही आरोपले ६ जनवरीमा हिंसाको रूप लिएको सञ्चारमाध्यमहरूको आरोप छ । हुन त उनले पछि समर्थकहरूले गरेको हिंसात्मक गतिविधिको विरोध र आलोचना पनि गरे । ६ जनवरीको घटनामा पाँचजना प्रदर्शनकारीले ज्यान गुमाएका थिए ।