१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ बैशाख ३० आइतबार o८:४६:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

संसद् पुनर्स्थापनाको  माग गर्दै सडकमा जसपा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o८:४६:oo

जनकपुर र वीरगन्जमा ठुल्ठूला प्रदर्शन र सभा

प्रतिनिधिसभा विघटनको विरोधमा जनता समाजवादी पार्टीले सोमबार पनि विरोधसभा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको संसद् विघटनको विरोधमा उसले सोमबार प्रदेश २ को राजधानी जनकपुर र वीरगन्जमा सभा आयोजना गरेको हो । सभालाई सम्बोधन गर्दै पार्टीका शीर्ष नेताहरूले प्रधानमन्त्री ओलीले लोकतन्त्रको हत्या गरेको आरोप लगाए । 

ओलीलाई नहटाए लोकतन्त्रको रक्षा हुँदैन : उपेन्द्र यादव

वीरगन्जमा भएको सभालाई सम्बोधन गर्दै जसपा अध्यक्ष उपेन्द्र यादवले संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नदिए पनि प्रधानमन्त्री ओलीले जबर्जस्ती गरेर लोकतन्त्रको हत्या गरेको बताए । जनताको बलिदानीबाट बनेको संविधानलाई लत्याएर आफ्नो मनोमानी तरिकाले गरेको संसद् विघटन जनतालाई मान्य नहुने उनको भनाइ थियो । 

उनले जनतासँग मत लिएर ओलीले जनताका अधिकारलाई नै ध्वस्त बनाउन खोजेको जिकिर गरे । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादवले प्रतिनिधिसभा पुनस्र्थापना नभएसम्म आन्दोलन जारी रहने बताए । लोकतन्त्र बचाउन केपी ओलीलाई संसद्बाट सडकमा पठाउनुपर्ने उनको भनाइ थियो ।

‘संविधानमार्फत् जनताले प्राप्त गरेका अधिकारलाई संस्थागत गर्दै अघि बढ्ने र संविधानमा रहेका त्रुटि सच्याई सबैलाई स्वीकार्य हुने संविधान बनाउनेतिर ओलीको भूमिका हुनुपर्ने थियो,’ अध्यक्ष यादवले भने, ‘तर, ओलीले लोकतन्त्रको हत्या गरे, जनताले प्राप्त गरिसकेका अधिकारसमेत डुबाउने काम गरे । अब जनताले उनलाई सडकमा पुर्‍याएपछि मात्र विश्राम लिनुपर्छ ।’

अध्यक्ष यादवले प्रधानमन्त्री ओली मार्क्सवादी र साम्यवादी नभएको जिकिर गरे । ‘ओली मार्क्सवादी, साम्यवादी केही होइनन्,’ उनले भने, ‘ओली महेन्द्रवादी, नश्लवादी र निरंकुशवादी हुन् । उनको कार्यशैली यस्तै रहेको पुष्टि भयो ।’ त्यही कार्यशैली भएकै कारण ओलीले संसद् विघटन गरेको र लोकतन्त्र, गणतन्त्र, संघीयता, मौलिक अधिकार समाप्त गरी सर्वसत्तावादतर्फ अघि बढेको उनले आरोप लगाए । ‘ओलीले चुनाव गराउँदैनन्,’ उनले भने, ‘अब यसपछि प्रदेश सभा हटाउँछन् र देशमा संकटकाल लगाउँछन् । संकटकालबाट पनि आन्दोलन नरोकिए सेनालाई जिम्मा दिएर संविधान भंग गराएर अघि बढ्न खोज्छन् ।’

जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले संविधान र लोकतन्त्र ध्वस्त बनाउन संसद् विघटन गरिएको दाबी गरे । यस्तै, उनले कम्युनिस्ट पार्टीभित्रको पद भागबन्डाको विवादले संसद् विघटन हुन पुगेको भन्दै जनतालाई मान्य नहुने बताए । ‘नेपालको संविधान र लोकतन्त्रलाई ध्वस्त बनाउने गरी ओलीको कदम आएको छ । यो प्रतिगमनकारी कदम भएकाले यसविरुद्ध लड्नुको विकल्प छैन,’ उनले भने । 

ओली प्रतिगमनका ठूला नाइके : महतो

जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओली प्रतिगमनका ठूला नाइके भएको आरोप लगाएका छन् । सोमबार जनकपुरधाममा पार्टीले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता महतोले ओलीले प्रतिगमनमाथि प्रतिगमन गरेको बताए । पटक–पटक विभेदपूर्ण संविधान आएकाले निरंकुश ओली प्रवृत्तिको जन्म भएको दाबी गरेका छन् । 

पछिल्लो ७० वर्षमा नेपालमा सातवटा संविधान आए पनि मधेसी, थारू, जनजाति, मुस्लिमलगायत पछाडि पारिएका समुदायका हक अधिकार सम्बोधन नगरेकाले मुलुकमा पटक–पटक ओली प्रवृत्तिजस्ता निरंकुश तानाशाहको जन्म हुने गरेको उनको भनाइ थियो । ‘बन्दुकको बलमा ल्याएको संविधान विभेदपूर्ण थियो,’ नेता महतोले भने, ‘त्यतिवेला पनि सीधासाधा मधेसी जनतामाथि गोली चलाएर संविधान जारी गरियो, त्यतिवेला पनि प्रतिगमन गरियो र अहिले आएर ससद् नै विघटन गरी प्रम ओलीले प्रतिगमनमाथि थप प्रतिगमन गरे । यस हिसाबले ओली प्रतिगनमका ठूला नाइके बनेका छन् ।’ 

ससद्को पुनस्र्थापना वा निर्वाचन जे भए पनि संविधान संशोधन नभएसम्म विभेदपूर्ण संविधान रहिरहने नेता महतोको भनाइ थियो । शासन र संविधानमा विभेद रहेसम्म मुलुकको विकास नहुने भन्दै उनले समावेशी संविधानमा जोड दिए । ‘अमेरिकाजस्तो मुलुकमा दुई सय वर्षसम्म एउटै संविधानले काम चलिरहेको छ । छिमेकी मुलुक भारत पनि एउटै संविधानले विकासको गतिमा दौडिरहेको छ,’ उनले भने, ‘तर हामीले सातवटा संविधान बनाउँदा पनि विकास निर्माणले गति लिन सकेन । यसको कारण नखोजी समस्या समाधान हुँदैन ।’

जसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीले संविधानमै नभएको व्यवस्थालाई टेकेर प्रम ओलीले संसद् विघटन गरी संघीयता, गणतन्त्र र समावेशितालाई धरापमा पारेको बताए । आफ्नो पार्टीभित्रको विवाद मिलाउन नसकेर प्रम ओलीले देशमै आगो लगाउने काम गरेको उनले आरोप लगाए । 

ad
ad