१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
• वि.सं २o८१ बैशाख १७ सोमबार
• Monday, 29 April, 2024
रासस/सिन्ह्वा बेइजिङ
२o८१ बैशाख १७ सोमबार १३:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व

चीनले कोभिड १९ बारे अनुसन्धान गर्न डब्ल्युएचओका अनुसन्धानकर्तालाई अनुमति दियो

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा बेइजिङ
नयाँ पत्रिका बेइजिङ
२o८१ बैशाख १७ सोमबार १३:५१:oo

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसन्धानकर्ताहररूलाई चीनमा अनुसन्धानको अनुमति दिनका लागि चीन तयार भएको चीनले बताएको छ । विश्व स्वास्थ्य संगठनले कोभिड १९ भाइरसको उत्पत्तिको विषयमा चीनमा अनुसन्धान गर्ने इच्छा देखाएको थियो । तर, विगतमा भने चीनले विश्व स्वास्थ्य संगठनका अनुसन्धानकर्ताहरूलाई प्रवेश गर्न दिए पनि अनुसन्धान गर्न नदिने बताउँदै आएको थियो । तर, शनिबार चीनले ती अनुसन्धानकर्ताहरूलाई चीनमा अनुसन्धानका लागि अनुमति दिइएको बताएको छ ।

चीनको वुहान सहरमा कोभिड भाइरस उत्पत्ति भएको बताइएको छ । त्यस विषयमा विश्व स्वास्थ्य संगठनले अनुसन्धान गर्न चाहेको थियो । तर, चीन सरकारले दिएको थिएन । शनिबार चीनका एकजना वरिष्ठ स्वास्थ्य अधिकारीले यो जानकारी दिएका छन् । उनले भनेका छन् कि चीनले विश्व स्वास्थ्य संगठनका अनुसन्धान अधिकारीहरूलाई यस विषयमा अनुसन्धान गर्न अनुमति दिएको छ र आगामी केही दिनमा उनीहरूको आगमन हुने बताइएको छ ।

चीनको नेसनल हेल्थ कमिसनका निर्देशक चेन इसिनले सो कुराको जानकारी दिएका हुन् । उनले ती अधिकारीहरूले चीनमा कोभिड १९ को उत्पत्तिका बारेमा गर्ने अनुसन्धानमा पूर्ण रूपमा सघाउन चीन तयार रहेको बताएका छन् । चेनले भने, ‘विश्व स्वास्थ्य संगठनका अनुसन्धानकर्ताहरूले यस अनुसन्धानका विषयमा उनीहरूको कार्यक्रम र कार्यसूची के–कस्तो छ भन्नेबारेमा हामीलाई थाहा दिएपछि उनीहरूसँगै हाम्रा अनुसन्धान अधिकारीहरू पनि वुहान जान तयार छन् ।’

यस अनुसन्धानमा आवश्यक सहयोग गर्ने र उनीहरूको कार्यक्रमअनुसार नै आफ्ना अनुसन्धान अधिकारीहरू वुहान जाने चीनका स्वास्थ्य क्षेत्रका अधिकारीहरूले बताएका छन् ।

ad
ad