१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
रासस/एएफपी सिड्नी
२o८१ बैशाख २२ शनिबार १७:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

भारत-अस्ट्रेलिया टेस्ट : स्मिथले बनाए २७औँ शतक  

Read Time : < 1 मिनेट
रासस/एएफपी सिड्नी
नयाँ पत्रिका सिड्नी
२o८१ बैशाख २२ शनिबार १७:oo:oo

अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट क्रिकेटमा अस्ट्रेलियाली मध्यक्रमका ब्याट्सम्यान स्टिभेन स्मिथले शतक प्रहार गरेका छन् । स्मिथको शतकको मद्दतले अस्ट्रेलियाले पहिलो इनिङमा तीन सय ३८ रनको मध्यम स्कोर खडा गरेको छ । 

स्मिथले एक सय ३१ रनको महत्वपूर्ण योगदान दिएका थिए । वर्षाले प्रभावित खेलमा दोस्रो दिनको खेल दुई विकेटको क्षतिमा १६६ रनबाट अगाडि बढाएको अस्ट्रेलियाले मध्य र पुछारका क्रमका ब्याट्सम्यानको फितलो प्रदर्शनका कारण तीन सय ३८ रनमै पूरै टिम समेटिएको थियो । 

अस्ट्रेलियाका लागि स्मिथबाहेक प्रारम्भिक ब्याट्सम्यान विल पुकोभ्स्कीले ६२, मार्नस लाबुसानेले ९१, मिचेल स्टार्कले २४ तथा म्याथ्यु वेडले १३ रन बनाउनुबाहेक अन्य खेलाडी सस्तोमै आउट भएका थिए । 

डेभिड वार्नर पाँच, क्यामरुन ग्रिन ०, कप्तान टिम पेन एक, प्याट कमिन्स ०, नाथन लायन ० तथा जस हेजलउडले अविजित एक रन बनाएका थिए । 

भारतका लागि रविन्द्र जडेजाले चार, नवदीप सैनीले दुई, मोहम्मद सिराजले एक तथा जसप्रित बुमराहले दुई विकेट लिएका थिए।

यसैबीच, भारतले आफ्नो पहिलो इनिङ सुरु गरेको छ । दोस्रो दिनको खेल सकिँदा भारतले दुई विकेटको क्षतिमा ९६ रन बनाएको छ । 

भारतीय ब्याट्सम्यान रोहित शर्माले २६ बनाएर हेजलउडको बलमा आउट भएका छन् भने शुभमन गिल ५० रन बनाएर प्याट कमिन्सको बलमा आउट भइसकेका छन् ।

दोस्रो दिनको खेल समाप्त हुँदा कप्तान अजिन्क्य रहाणे पाँच रन र चेतेश्वर पुजारा नाै रन बनाएर अविजित छन् । भारत अझै पनि अस्ट्रेलियाभन्दा दुई सय ४२ रनले पछि छ । 

ad
ad