भेरी नदीमा बस खस्दा एकको मृत्यु, एक घाइते, एक बेपत्ता [अपडेट]

बिहिबार, २३ पुष, २०७७
डिजिटल संस्करण

सुर्खेत गुर्भाकोट नगरपालिका– ९ गराले बजारनजिकै भएको बस दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ । दुर्घटनामा एक बेपत्ता र एक गम्भीर घाइते भएको स्थानीयले बताएका छन् । 

दाङबाट रिजर्भ लिन जाजरकोटको सल्लिबजार जाँदै गरेको बस भेरी नदीमा खसेको थियो ।

बसमा तीनजना मात्र सवार रहेको गुर्भाकोट नगरपालिकाका– ९ का स्थानीय हरि भट्टराईले जानकारी दिए । ‘अहिले भर्खर मात्र घटनास्थलमा प्रहरी आएको छ,’ उनले भने, ‘बस नदीमा नै खसेको छ । गाडीमा तीनजना मात्र सवार रहेको जानकारी हामीले पाएका छौँ ।’ 

इलाका प्रहरी कार्यालय छिन्चुले पनि बसमा तीनजना मात्र सवार रहेको जनाएको छ ।

सुझावित समाचार