१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार १२:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रौतहटमा नेपाली सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १२:१o:oo

रौतहटमा नेपाली सेनाको टोलीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

जिल्लाको राजपुर नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । श्री नम्बर २८ बाहिनी अड्डा जितपुर बाराबाट सेनानी नरबहादुर कार्कीको नेतृत्वमा २२ जना स्वास्थ्यकर्मीको टोलीले स्थानीयको स्वास्थ्य परीक्षण गरेर निःशुल्क औषधि पनि वितरण गरेको थियो ।

नेपाली सेना, नेपाली जनतासँग भन्ने नेपाली सेनाको मर्मअनुसार कोरोना भाइरसका कारण औषधाेपचार गराउन जान नपाएका, कोरोना र लकडाउनका कारण रोजगारी तथा आम्दानीको स्राेत गुमाएर स्वास्थ्यमा समस्या भए पनि आर्थिक अभावमा उपचार गर्न नसकेकाहरूलाई प्राथमिकतामा राखेर उपचार गरिएको सेनानी कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार सो नगरपालिकाको वडा नम्बर ९ बैरिया हेल्थपोस्टमा राखिएको स्वास्थ्य शिविरमा एक सय नौजना महिला, एक सय एकजना पुरुष र ३२ बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य परीक्षण गर्दा स्थानीयमा श्वासप्रश्वाससम्बन्धी, ग्याष्ट्रिक, हाडजोर्नी, एलर्जी, पेटसम्बन्धी रोगहरू बढी देखिएको नम्बर २८ फिल्ड एम्बुलेन्स गुल्म बाराकी प्राविधिक सहसेनानी डाक्टर सृष्टिना प्रधानले जानकारी दिइन्  ।

श्री नम्बर २८ बाहिनी अड्डाका बाहिनीपती रथी जोन्सन खड्काको निर्देशनमा भएको सो शिविरमा इन्द्रबक्स गण रौतहटले सहजीकरण गरेको थियो । आफ्नै गाउँठाउँमा निःशुल्क स्वास्थ्य उपचार तथा औषधि पाएपछि स्थानीयले खुसी हुँदै नेपाली सेनालाई धन्यवाद दिएका थिए ।

ad
ad