मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मुना कुँवर काठमाडौं
२०७७ पौष २१ मंगलबार ०८:३०:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

सहकारीमार्फत देशभर सवा ४ खर्ब लगानी

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडौं
२०७७ पौष २१ मंगलबार ०८:३०:००

सहकारी विभागले गरेको एक अध्ययनअनुसार हाल मुलुकमा २९ हजार ८ सय ८६ प्रारम्भिक सहकारी छन् । यसअघि नेपालमा ३४ हजार ८ सय ३७ सहकारी रहेको विभागको भनाइ छ । सरकारले सुरु गरेको सहकारी एकीकरण अभियानपछि नेपालमा करिब ५ हजार सहकारीको संख्या घटेको हो ।

विभागले गत साउनदेखि कात्तिकसम्ममा मुलुकभर रहेका सहकारीको अध्ययन गरेको विभागका रजिस्ट्रार डा. टोकराज पाण्डेले बताए । मुलुकभरि रहेका सहकारीमा कुल सेयर पुँजी ९४ अर्ब १० करोड ५० लाख रुपैयाँ तथा बचत संकलन ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ छ । कुल ऋण लगानी ४ खर्ब २६ अर्ब २६ करोड रुपैयाँ छ । सहकारी संघ–संस्थाले मुलुकभर ८८ हजार ३ सय ९ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेका छन् । 

 सहरमा केन्द्रित सहकारी संस्थाहरू
विभागको तथ्यांंकअनुसार बागमती प्रदेशमा मात्रै करिब ३५ प्रतिशत अर्थात् १० हजार ४ सय १८ सहकारी संस्था छन् । यस प्रदेशमा सहकारीमा आबद्ध हुने सदस्यको संख्या भने २७ लाख १७ हजार ४ सय ३९ रहेको छ । कुल सेयर पुँजी ५१ अर्ब ४० करोड ६४ लाख २७ हजार छ भने कुल बचत संकलन २ खर्ब १४ अर्ब ६६ करोड २२ लाख छ ।  

बागमतीपछि सबैभन्दा बढी सहकारी संस्था प्रदेश नम्बर १ मा छन् । विभागको तथ्यांकअनुसार सो प्रदेशमा ४ हजार ७ सय ३७  सहकारी छन् । सहकारीमा आबद्ध भएका सदस्यको सङ्ख्या भने ९ लाख ३५ हजार छ । कुल सेयर पुँजी ८ अर्ब २० करोड २ लाख छ भने कुल बचत संकलन ४१ अर्ब २१ करोड ४२ हजार रुपैयाँ रहेको छ ।  

त्यस्तै, प्रदेश नम्बर २ मा ४ हजार ५३ सहकारी संस्था रहेको विभागको तथ्यांकमा उल्लेख छ । यस प्रदेशमा सहकारीको कुल सदस्य संख्या भने ५ लाख ५५ हजार १ सय ९७ रहेको छ । कुल सेयर पुँजी २ अर्ब ३६ करोड ५२ लाख छ भने कुल बचत संकलन २३ अर्ब १९ करोड ९६ लाख रुपैयाँ छ ।  

 कर्णाली प्रदेशमा सबैभन्दा कम 
कर्णाली प्रदेशमा सबैभन्दा कम सहकारी संस्था रहेको पाइएको छ । सहकारी विभागको तथ्यांकअनुसार यो प्रदेशमा हाल जम्मा १ हजार ९ सय ६७ सहकारी छन् । यो संंख्या नेपालभर रहेका कुल सहकारी संख्याको जम्मा ६ प्रतिशत हो । यस प्रदेशमा सहकारीमा आबद्ध रहेका सदस्यको संख्या भने ४ लाख ४ हजार ९ सय ५६ रहेको छ । कुल सेयर पुँजी १ अर्ब ९१ करोड ८० लाख छ भने कुल बचत संकलन ८ अर्ब ८६ करोड ८१ लाख रुपैयाँ छ ।  

सबैभन्दा कम सहकारी संस्था भएका प्रदेशमध्ये सुदूरपश्चिम दोस्रोमा परेको छ । यस प्रदेशमा जम्मा २ हजार ६० सहकारी संस्था रहेका छन् । सहकारीमा आबद्ध भएको सदस्य संख्या भने ५ लाख ४२ हजार ९ सय ८९ छ । सहकारीको कुल सेयर पुँजी २ अर्ब १ करोड ५० लाख छ भने कुल बचत संकलन १० अर्ब ४४ करोड ३४ लाख रुपैयाँ छ । कुल ऋण लगानी ११ अर्ब ४९ करोड ९५ लाख रुपैयाँ छ ।

 गण्डकी प्रदेशमा २ हजार ६ सय ७१ सहकारी संस्था परिचालित छन् । सहकारीमा आबद्ध सदस्य संख्या भने ११ लाख १६ हजार ६ सय ३२ रहेको छ । सहकारीको कुल पुँजी २२ अर्ब ५ करोड ९ लाख छ भने कुल बचत संकलन ८६ अर्ब ७ करोड ४५ लाख रुपैयाँ छ । कुल ऋण लगानी ८८ अर्ब ३७ करोड रुपैयाँ छ ।  

लुम्बिनी प्रदेशमा ३ हजार ७ सय ५५ सहकारी संस्था छन् । यस प्रदेशमा सहकारीमा आबद्ध हुनेको संख्या ८ लाख ९८ हजार ६ सय ११ रहेको छ । सहकारीको कुल सेयर पुँजी ५ अर्ब ८२ करोड २२ लाख छ भने कुल बचत संकलन ५९ अर्ब ९६ करोड ३७ लाख रुपैयाँ छ । कुल ऋण लगानी ४० अर्ब ८० करोड ६८ लाख रुपैयाँ छ ।