१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १८:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

राजनीतिमा देशभक्ति हुनुपर्छ, तर राजनीति गर्नेहरूले फोहोरी खेल बनाए : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १८:५९:oo

प्रधानमन्त्री केपी ओलीले राजनीतिमा देशभक्ति हुनुपर्ने बताएका छन् । नेपाल स्काउटले काठमाडौंमा शुक्रबार आयोजना गरेको ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रममा ओलीले राजनीति गर्नेहरूले राजनीतिलाई फोहोरी खेल बनाइएको बताए ।
 
प्रधानमन्त्री ओलीले राजनीति आफैँमा फोहोरी खेल नभई राजनीति गर्नेहरूले फोहोरी खेल बनाएको तर्क गरे । राजनीति त्याग र निष्ठा पनि रहेको बताउँदै उनले बालबालिकालाई समय आएपछि राजनीतिमा लाग्न पनि प्रेरित गरे । 

उनले भने, ‘राजनीति गर्नु भनेको एउटा त्याग गर्नु हो । राजनीति गर्नु भनेको कमाउनु होइन । कतिले भन्ने गरेको सुनेको छु मैले जोगी हुन राजनीति गरेको होइन भन्ने । राजनीति भोगी हुनका लागि गरेको पनि होइन । एक ढंगले जोगी हुनैका लागि राजनीति गरेको हो । आफू जोगी हुन तयार हुनुपर्छ राजनीति गर्ने मान्छेले र देश बनाउन तयार हुनुपर्छ । त्यो भनेर राजनीति सुन्दाखेरि सबै तर्सिने अवस्था होला । राजनीतिको टुप्पोमा बस्ने मान्छेहरू, शासनको टुप्पोमा बस्ने मान्छेहरू जोगीजस्तै हुनुपर्दछ ।’ 

नेपाल स्काउटले हरेक वर्ष जनवरी १ मा प्रधानमन्त्रीसँग बालबालिका कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा बालबालिकाहरूले प्रधानमन्त्रीसँग समसामयिक राजनीति, समाज, बालबालिकाको अधिकार र बालबालिकासम्बन्धी सरकारका नीतिहरूका बारेमा प्रश्न सोध्ने गर्दछन् । कार्यक्रममा उपत्यकाभित्रका दर्जनभन्दा बढी विद्यालयका सयभन्दा बढी बालबालिका सहभागी भएका थिए ।

ad
ad