१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष १७ शुक्रबार १७:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपा असफल हुँदैमा संसद् र देश असफल हुँदैन : जितेन्द्र देव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष १७ शुक्रबार १७:३०:००

कांग्रेस सांसद जितेन्द्र देवले एउटा पार्टी असफल हुँदैमा संसद् र देश असफल हुन नसक्ने दाबी गरेका छन् । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा देवले प्रतिनिधिसभा सरकार बनाउन असफल भएको अवस्थामा मात्र विघटन हुने दाबी गरेका हुन् । सरकार बनाउने अधिकार नै नदिई विघटन गराउन राजनीतिक र संवैधानिक रूपमा पनि नमिल्ने उनको तर्क छ । 

नेकपाभित्रको विवादले प्रतिनिधिसभा विघटन भएको चर्चा गर्दै देवले अल्पमतमा परेपछि राजीनामा दिन छाडेर प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गराएको दाबी गरे । 

प्रतिनिधिसभाले सरकार गठन गर्न नसक्ने अवस्था बनेमा मात्र विघटन हुने उनको तर्क छ । 

संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने लक्षण आकाशमा मडारिएको बताएका छन् । जनआन्दोलन, मधेस आन्दोलन, जनयुद्धलगायतका आन्दोलनको एकीकृत उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन अग्रगमनकारी शक्ति एक ठाउँमा उभिनुपर्ने उनको भनाइ छ ।  
असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन गरिएको भन्दै देवले संघीयता र गणतन्त्रप्रति प्रधानमन्त्रीको धारणासमेत मागेका छन् । 

संघीय संसद्को एउटा अंग मृतशय्यामा रहेको भन्दै देवले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नै नभएको दाबी गरे । उनले भने, ‘संविधानअनुसार आज प्रतिनिधिसभाको पनि बैठक हुनुपर्ने थियो । तर, विघटन गराइएको अवस्था छ । र, संघीय संसद्को एउटा अंग मृत्यशय्यामा छ । संविधानको धारा ८३ ले प्रतिनिधिसभा र राष्ट्रिय सभा एउटा संघीय संसद् हुने भनेको छ । तर, आज राष्ट्रिय सभाको अधिवेशन मात्र सुरु भएको छ ।’