१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार २२:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

भारतीय राजदूतले भेटे स्वास्थ्यमन्त्री, कोभिडविरुद्ध खोप आपूर्तिमा सहयोग गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार २२:५९:oo

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नवनियुक्त स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीसँग बिहीबार शिष्टाचार भेट गरेका छन् । त्यसक्रममा उनले कोभिड– १९ खोप खरिद तथा आपूर्तिमा नेपालसँग सहकार्य गर्ने भारतको तत्परता व्यक्त गरेका छन् । 

राजदूत क्वात्राले महामारीको सामना गर्ने साझा प्रयासहरूमा नेपाल सरकार, स्वास्थ्यकर्मी र नेपालका जनतालाई भारतको निरन्तर समर्थन रहने प्रतिबद्धता दोहो¥याएको भारतीय दूतावासले जनाएको छ । मन्त्री त्रिपाठीले कोभिड– १९ महामारीको रोकथाम, नियन्त्रण तथा औषधिमा भारतले गरेको सहयोगप्रति धन्यवाद दिएका छन् । 

यसैबीच मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट एक महिनाको बीचमा १० करोड लिटर डिजेल आपूर्ति भएको छ । दक्षिण एसियाको यो पहिलो पेट्रोलियम पाइपलाइनबाट डिजेल ल्याउँदा एक महिनामा यातायात तथा अन्य सम्बन्धित खर्चमा एक अर्ब रुपैयाँभन्दा बढी बचत भएको भारतीय दूतावासले जनाएको छ । 

कोभिड महामारीपछि जारी गरिएको लकडाउनमा पनि अविच्छिन्न डिजेल आपूर्ति हुँदै आएको थियो । पेट्रोलियम पाइपलाइनको लम्बाइ ६९ किलोमिटर छ । यो पाइपलाइन भारतीय सहयोगमा १५ महिनामा सम्पन्न भएको थियो जसका लागि भारु तीन अर्ब २४ करोड रुपियाँ खर्च भएको थियो । 
 

ad
ad